प्रचण्डको कुनै पनि सुत्र काम लाग्दैनन् : रावल

२२ माघ २०६९, सोमबार १९:१७ मा प्रकाशित

काठमाडौं, २२ माघ । नेकपा एमालेका नेता भीम रावलले प्रचण्डका सहमतिको प्रत्येक सुत्र अहिलेसम्म फेल भएको आरोप लगाएका छन् । प्रचण्ड अझ पनि राजनीतिक दल, देश र जनतालाई भ्रमित बनाएरै आफ्नो स्वार्थ सिद्ध गर्ने खेलमा लागेको दाबी गर्दै उनले ठोस र संस्थागत रुपमा प्रस्ताव नआएसम्म कुनै पनि प्रस्तावको औचित्य नहुने स्पष्ट पारे ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने– ‘स्वतन्त्रता र लोकतन्त्रमाथि कुठाराघात गर्नेहरुको कुनै सुत्र र चमत्कारको कुनै अर्थ छैन ।’ एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै दलहरुको तेजोबध गर्ने गरी ल्याएको स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव निर्वाचन टार्दै सत्तामा टिकीरहने दाउ मात्र भएको रावलले बताए । एमाओवादीे अधिवेशनबाट लोकतान्त्रिक अभ्यासमा रुपान्तरण हुन सक्ने अवस्था नभएको भन्दै लोकतन्त्र र राष्ट्रियता विरुद्ध घात गर्ने प्रधानमन्त्रीलाई हटाउने निर्णय गरे मात्रै महाधिवेशन सफल हुने धारणा रावलले राखे ।
सोही कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले स्वतन्त्र ब्यक्ति वा सानो दलका नेताले सरकारको नेतृत्व गर्ने कुरा रमाईलोको लागि मात्रै भएको बताए । क्रान्तिलाई संस्थागत गर्ने अहिलेको अवस्था उच्च राजनीति परिस्थितिमा गैरराजनीतिक ब्यक्तिबाट काम हुनै नसक्ने भन्दै समस्याको जटिलताले गर्दा ठूला दलले नै नेतृत्व गर्नु पर्ने उनको तर्क थियो । उनले भने– ‘साना दलको कुरा गरेर साना दललाई कठपुतली बनाउने माओवादीको चाल हो ।’ उनले एमाओवादी मुलुकको सबैभन्दा ढाँट पार्टी भएको आरोप लगाउँदै अब आन्दोलनबाटै सरकार फाल्नुको विकल्प नभएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार