बुढासुब्बा फुटबलमा आज हङकङ्ग नेप्लिज र मेघा थ्रिस्टार भिड्दै

१६ चैत्र २०६८, बिहीबार ०८:५४ मा प्रकाशित

काठमाडौ, १६ चैत । धरानमा जारी बुढासुब्बा फुटबल प्रतियोगिता अन्तगर्त आज पनि एक मात्र खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत दोस्रो सेमीफाइनलमा आज हङकङ्ग नेप्लिज र मेघा थ्रिस्टार क्लबबीच प्रतिस्पर्धा हुदैछ । आजको विजेताले प्रतियोगिताको उपाधिका लागि मनाङ्ग मस्र्याङादी क्लबको सामना गर्नु पर्नेछ । मनाङ्ग मस्र्याङादी क्लब धरानमा जारी बुढासुब्बा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरी सकेको छ । धरानको एन्फा टेक्नीकल सेन्टरमा सम्पन्न हिजोको पहिलो सेमीफाइनलमा बलियो टिम पुलिस क्लवलाई तीन एक गोलले हराउँदै मनाङ्ग मस्र्याङादी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,