सरकारविरुद्धको विरोधसभा आज पोखरामा

२२ माघ २०६९, सोमबार १०:५७ मा प्रकाशित

काठमाडौं, २२ माघ । बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारविरुद्ध आन्दोलनमा रहेका विपक्षी दलहरुले आज पोखरामा सोमबार पोखरामा विरोधसभा गर्ने भएका छन्। पोखराको चिप्लेढुंगामा आयोजना हुने विरोधसभामा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता माधव नेपाल, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणा, नेकपा संयुक्तका सुनिल मर्हजन, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
एमाओवादी नेतृत्वको मधेशी मोर्चा गठबन्धनको सर्वसत्तावादी र निरकुंशताको अन्त्यका लागि आन्दोलन गर्नुको विकल्प नभएको बताउँदै आएका दलहरुले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधानसभाको निर्वाचन गराएर वर्तमान संकटबाट निकास दिने वातावरण तयार पार्न आन्दोलनले सघाउ पुर्‍याउने दावी गरेका छन् ।
सोमबार पोखरा शहरका चार प्रमुख ठाउँ  टुँडिखेल, मुस्ताङचोक, बुद्धचोक र जिरोकिमीबाट र्‍याली निकालेर विरोधसभा गर्ने जानकारी विपक्षी दलका स्थानीय नेताहरुले दिएका छन्। नगरका विभिन्न भागको परिक्रममा गर्दै र्‍याली चिप्लेढुङ्गामा पुगेर सभामा परिणत हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं स् गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीको साथमा नयाँ

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै