इसोडेकको सहयोगमा पुम्दीभुम्दीमा विद्यालय भवन

२२ माघ २०६९, सोमबार १०:४२ मा प्रकाशित

पोखरा, २२ माघ । शैक्षिक तथा सामाजिक विकास केन्द्र (इसोडेक)को सक्रियतामा कास्कीको पुम्दीभुम्दीस्थित लक्ष्मी निम्नमाध्यमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमबीच उ्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष तथा प्रमुख संरक्षक एवं इसोडेकका अध्यक्ष देवमान हिराचनले सो भवनको उद्घाटन गरेका हुन् । इसोडेक, जिल्ला शिक्षा कार्यालय कास्की र स्थानीय बासिन्दाको सहभागितामा दुइकोठे सो भवन निर्माण सम्पन्न भएको हो ।
दुइकोठे भवन बनाउनका लागि १५ लाख ५१ हजार रुपैयाँ खर्च भएको बताइएको छ । जसमध्ये इसोडेकले चार लाख ३१ हजार, जिशिका कास्कीले छ लाख ५० हजार पुम्दीभूम्दी गाविसले ९० हजार रुपैयाँ प्रदान गरेका छन् । यसैगरी, जिल्ला विकास समिति कास्की र विद्यालयको आन्तरिक स्रोतबाट प्राप्त रकमसमेत खर्च भएको प्रधानाध्यापक लोकनाथ बरालले बताए । उनका अनुसार २०२३ सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि सात कक्षासम्म पढाइ हुन्छ । हाल सो विद्यालयमा एक सय विद्यार्थी अध्ययनरत छन् ।
भवनको उद्घाटन गर्दै हिराचनले नेपालमा पर्याप्त स्रोत र साधन भए पनि सदुपयोग हुन नसक्दा विकास नभएको बताए । राजनीतिक दलहरुले विकासलाई एजेन्डाको रुपमा लिन नसकेकाले मुलुक पछि परेको उनको तर्क थियो । लक्ष्मी निमाविलाई कास्कीको मात्र नभएर नेपालकै नमूना विद्यालय बनाउन आग्रह गर्दै उनले यसका लागि सहयोग गर्न आफू तयार रहेको बताए । उनका अनुसार, इसोडेकले नेपालमा विगत २५ वर्षदेखि काम गर्दै आएको छ । हालसम्म विभिन्न जिल्लामा १८ वटा विद्यालयको भवन निर्माण गरेको जानकारी उनले दिए ।
इसोडेकका महासचिव निरज थापाले अहिले पनि इसोडेकले विभिन्न जिल्लाका एक सय ३० विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गर्दै आएको बताए । ग्रामीण भेगका बासिन्दाको आयस्तर वृद्धि, शिक्षा र स्वास्थ्यमा इसोडेकले हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण