नेपाल पत्रकार महासङ्घको स्थापना दिवस, राजधानीमा प्रभातफेरि

१६ चैत्र २०६८, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाडौ, १६ चैत । नेपाल पत्रकार महासङ्घको स्थापना दिवस आज देशभरमा बिभिन्न कार्यक्रमगरी मनाइदैछ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा राजधानी काठमाडौंमा आज प्रभातफेरी निकालिएको छ । स्थापनाको ५७ औँ वर्ष पूरा भएको अवसरमा नयावानेश्वरबाट सुरु भएको प्रभातफेरी बबरमहलमा पुगेर सकिएको थियो । ‘जेठ १४ भित्र शान्ति र संविधान’ भन्ने मूल नाराका साथ निकालिएको प्रभातफेरीमा  महासङ्घका पूर्वसभापति होमनाथ दाहाल, किशोर नेपाल, हरिहर विरही, तारानाथ दाहाल, विष्णु निष्ठुरी, महासङ्घका अध्यक्ष शिव गाउँले, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, शाखा तथा एशोसिएटसँग आबद्ध सञ्चारकर्मीको सहभागिता थियो । प्रभातफेरीपछि बबरमहलमा आयोजित सभामा बोल्नेहरुले शान्ति प्रक्रिया र संविधान लेखनको काम सुस्त गतिमा भइरहेकोले यस्तो अवस्थामा महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । महासङ्घका पूर्वसभापति किशोर नेपालले लोकतान्त्रिक समाजको धरोहरका रूपमा रहेको  महासङ्घ व्यावसायिक रूपमा अझ सशक्त बनाउँदै समाजमा न्याय स्थापना गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । अर्का पूर्वसभापति  हरिहर विरहीले पे्रस स्वतन्त्रता सहितको संविधान ल्याउनका लागि दबाब सिर्जना गर्न आवश्यक भएको औंल्याउनुभयो । महासङ्घ अध्यक्ष शिव गाउँलेले मुलुकमा नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितका लागि महासङघले चलाएको अभियानमा साथ दिन आगैह गर्नुभयो । महासङ्घका देशभर रहेका शाखाले आआफ्नो अनुकुलपर्ने गरी प्रभातफेरी र अन्तक्र्रिया कार्यक्रम गर्ने महाससंघका सचिव जगत नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी