स्वर्गद्वारीबाट दौडेर सगरमाथा चढ्ने घोषणा

२१ माघ २०६९, आईतवार २३:०० मा प्रकाशित

काठमाडौं, २१ माघ । प्युठान निवासी सञ्जय पण्डितले प्यूठानको स्वर्गद्वाराबाट दौड सुरु गरेर सगरमाथाको चुचुरोमा पुग्ने घोषणा गरेका छन् । २२ सय भन्दा बढी किलोमिटर दौडेका पण्डित किर्तिमानी अल्ट्रा धावक हुन् ।
धावक पण्डितले आगामी चैत्र २१ देखि दौड सुरु गरी स्वर्गद्वारीबाट सगरमाथाको चुचुरोसम्मको चुनौतिपूर्ण यात्रा गर्ने जानकारी दिए । कान्तिपुर इन्टरनेशल कलेज र सञ्जय पण्डित फाउण्डेसनले संयूक्त रुपमा आयोजना गरेको कार्यक्रममा धावक पण्डितले यस अभियानमार्फत् मुलुकलाई नयाँ रुपले विश्व समूदायमा परिचित बनाउने प्रयास गर्ने बताए । यसअघि मनास्लु हिमालको सफल र सगरमाथाको असफल आरोहण गरिसकेका धावक पण्डितको पछिल्लो अभियानलाई स्वर्गद्धारी सगरमाथा शान्ति आरोहण एवम हिमाल दौड २०७० नाम दिइएको छ ।
अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा धावकलाई शुभकामना दिदै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राष्ट्रिय राजनीति निराशाजनक भए पनि ब्यक्तिगत र समूहगत प्रयासमा देशको नाम राख्ने कार्य भइरहेकोप्रति खुसी ब्यक्त गर्दै पण्डितको अभियानमा सहयोग गर्न सबैसँग आब्हान गर्नुभयो । उनले हिमाल चढ्नु र दौडनु नेपालीको रगतमै भएको उल्लेख गर्दै यो नेपालीको विशिष्ट पहिचान पनि भएकोले राज्यले यस अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गर्नुभयो ।
सोही कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसभासद वीरबहादुर सिंहले पण्डितको यात्रा शान्तिको लागि भएको र अहिले मुलुकमा समेत शान्तिकै कामना भइरहेकोले यसलाई सबैले सकारात्मक रुपमा लिएर सफल बनाउनु पर्ने उल्लेख गर्दै आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुभयो । यसैगरी क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणि थापाले मुलुकमा सकारात्मक सस्कृति हराउँदै गएको र राजनीतिमा डन संस्कृति फस्टाउँदै गरेको बेला पण्डितले शान्तिको कामनाका साथ गर्न लागेको अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । किर्तिमानधारी वरिष्ठ धावक बैकुण्ठ मानन्धरले पण्डित जागरुक साहसिक यूवा भएकोले उनले लक्ष्य प्राप्त गरेरै छाड्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक