विपक्षीको होइन प्वाँख प्रचण्डको उम्रेको छ : कोइराला

२१ माघ २०६९, आईतवार २२:२८ मा प्रकाशित

काठमाडौं, २१ माघ । बाबुराम नेतृत्वको सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलहरुको संयुक्त विरोधसभा आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल एमाओवादीले आफ्नो सातौँ महाधिवेशनको मञ्चबाट विपक्षीहरुको नामोनिशान मेटिदिने उद्घोष गरिरहेको सन्दर्भबीच विपक्षी दलका नेताहरुले भने प्रधानमन्त्रीले राजीनामा दिएर सहमतीय सरकार गठनको मार्गप्रशस्त नगरे अब अन्तिम लडाई कठोर ढंगले लड्ने चेतावनी दिएका छन् । लामो समयदेखि आन्दोलनको धम्की दिँदै आए पनि  एमाओवादीले पटक पटक धोका दिएपछि साता दिनअघिबाट मात्र आन्दोलनमा उत्रिएका दलहरुले आफ्नो लडाई सत्ताका निम्ति नभई राष्ट्र र राष्ट्रियता रक्षाको पक्षमा भएको भन्दै अन्तिम अवस्थासम्म लडीरहने अडान दोहोर्‍याएका हुन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको प्वाँख उम्रिएकोले उनीहरुको अन्त्य नजिक आएको भनी दिएको अभिव्यक्तिप्रति विरोधसभामा नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले आपत्ति जनाए । दुख र आक्रोश मिसिएको आवाजमा सभापति कोइरालाले मर्ने बेलामा कमिलाको जस्तो कसको प्वाख उम्रेको छ भन्ने प्रचण्डले छिटै थाहा पाउने अभिव्यक्ति दिए । बाबुराम भट्टराई नेतृत्वको सरकार छिटै सत्ताच्यूत हुने कोइरालाको दाबी थियो ।
विरोधसभामा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एमाओवादीले शासन गर्ने  नैतिकता समेत गुमाईसकेको दाबी गर्दै एमाओवादीले सहमतिका सबै प्रयासका माध्यमहरु नै बन्द गरेकाले अन्ति लडाईमा लागेको जनाए ।
विरोधसभामा राप्रपाका सहमहामन्त्री दिपक बोहरा, एमालेका सचिव युवराज ज्ञवाली, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष जनकराज शर्मा, माक्र्सवादीका अध्यक्ष माधव ज्ञवाली, मालेका दिनानाथ घिमिरे, जनशक्ति पार्टीका सुर्यबहादुर सिंह र राप्रपाका सहमहामन्त्री प्रेमबहादुर भण्डारीले पनि सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको