रहेनन् गोर्खापत्रबाजे, बाजेले आत्महत्या नै गरेका हुन् त ?

२१ माघ २०६९, आईतवार २१:५७ मा प्रकाशित

काठमाडौं, २१ माघ । नेपाली पत्रपत्रिकासँग नङ र मासुको सम्बन्ध रहेका गोर्खापत्र बाजे सेती नहर किनारमा मृत फेलापरेका छन् । वास्तविक नाम चन्द्रकान्त पौडेल भए पनि गोर्खापत्र दैनिक बिक्री गर्ने कामबाट पत्रपत्रिका बिक्रीवितरणलाई पेसा बनाएका हुनाले उनी गोर्खापत्र बाजेका रुपमा चिनिएका थिए । स्थानीयलगायत राजधानीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाको पोखरामा बिक्री वितरण गर्दै आएका ८१ वर्षिय गोर्खापत्र बाजे अप्रत्यासित रुपमा मृत अवस्थामा फेला परेको घटनाले पोखरावासीलाई नै शोकमग्न तुल्याएको बताइएको छ ।
पोखरा–१२ माटेपानीस्थित हिमाली समाज घर नजिकैको सेती नहरमा गोर्खापत्र बाजे मृत अवस्थामा भेटिएको घटनालाई उनका निकटवर्तीहरुले रहश्यात्मक रुपमा लिएका छन् । बाजेको पारिवारिक स्रोतका अनुसार गोर्खापत्र बाजे शनिबार अस्वस्थ थिए । ज्वरो आएको भन्दै शनिबार राती सिरक खप्ट्याएर उनी सुतेका थिए । तर, आइतबार बिहान भने उनी नहर किनारमा मृत भेटिए । कतिपयले बुढेसकालमा पाउनु पर्ने उचित आराम र स्याहारसुसारको अभावले उनी अवसाद (डिप्रेशन)मा परेका र त्यही कारण रातको समयमा एकान्तमा गई आत्महत्या गरेका हुनसक्ने अनुमान गरेका छन् ।
पत्रपत्रिका किनेर पढ्नु पर्छ र सूचना सबैभन्दा शक्तिशाली हुन्छ भन्ने कुरा सिकाउने अग्रज पात्रका रुपमा पोखरामा गोर्खापत्र बाजेलाई सबैले चिन्दथे ।  हक्की र निडर स्वभावका गोर्खापत्र बाजे जीवनभर संघर्ष गरेर, आफ्नै मेहनत र परिश्रममा बाँचे, तर त्यस्ता स्वाभिमानी व्यक्तिको मृत्यु भने बडा दुखपूर्ण तवरबाट भएबाट धेरैको मन कुँडिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत