परस्त्री गमनले लियो ज्यान

२१ माघ २०६९, आईतवार २०:५८ मा प्रकाशित

उदयपुर, २१ माघ । परस्त्रीसँग सम्बन्ध राखेवापत त्रियुगा–१२ का ३८ वर्षिय विदुर थापाले ज्यान गुमाउनु परेको घटना प्रहरीले सार्वजनिक गरेको छ । उदयपुरको लेखगाउँ–४ नारीनालास्थित जङ्गलमा बेवारिशे झोलामा थापाको कंकाल फेला परेको हो । कंकालसँगै त्रियुगा नगरपालिका–१२ बस्ने ३८ वर्षीय बिदुर थापा उल्लेख भएको राहदानी, फोटो, कपडा र काठमाडौंदेखि गाईघाट आवतजावत गरेको बसको टिकटसहितको सामान स्थानीयबासीले फेला पारी झिल्केस्थित प्रहरी चौकीमा जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले कागजपत्रमा उल्लेख भएको सम्पर्क नम्बरमा सम्पर्क गरी आफन्तहरुलाई ईलाका प्रहरी कार्यालय कटारीमा झिकाई अनुसन्धान गर्दा कंकाल विदुरकै भएको भनी सनाखत गरिएको प्रहरीले जनाएको छ ।
बताइएअनुसार मृतक थापा २/३ बर्षअघि उक्त स्थानमा सडक निर्माणको क्रममा सुपरभाइजरका रुपमा कार्यरत रहँदा स्थानीय एक महिलासँग अवैध सम्बन्धमा थिए । उनीहरुबीचको यौनिक सम्बन्धबारे महिलाका लोग्नेलाई जानकारी भएपछि उनमाथि निज महिलाका पति रुष्ट रहँदैआएका बताइन्छ । उनीहरु दुबैलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थल प्रकृति मुचुल्का कार्य सम्पत्र गरी अस्थिपञ्जर पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।