मोती नदिएको आरोपमा व्यापारीको अपहरण

२१ माघ २०६९, आईतवार २०:५५ मा प्रकाशित

काठमाडौं, २१ माघ । बाराको पत्थरहट्टी–७ स्थित जनक सहनीको घरमा मानिस अपहरण गरी बन्धक बनाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बेशक्याम्पबाट खटिएको प्रहरीले चारजना अपहरणकारीलाई पक्राउ गरेको छ । सहनीको घर खानतलासी गर्दा जनक सहनी, भारत रक्सौल घर भएका ६० वर्षीय दिलनाथ दास लगायतका ४ जनाले भारत मोतीहारी घर भएका ४२ वर्षीय राकेश रन्जन सिंहलाई अपहरण गरी बन्धक बनाएर राखेको फेला परेको हो । सिंहलाई भारतबाट बीआर ३०३ डी ९४३२ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा अपहरण गरी ल्याई अपहरणकारीहरुले बन्धक बनाएका थिए ।
प्रहरीले अपहरितलाई उद्धार गर्नुका साथै अपहरणकारी चारै जनालाई पीडितको उक्त मोटरासाइकल, अपहरण कार्यमा संलग्न ना.२२ प ८५५२ नम्बरको मोटरसाइकल, खुँडा २ थान र खुर्पा १ थानसहित कानूनी कारवाहीका लागि हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार राकेश रन्जन जडीवुटी तथा मोती समेतको व्यापार गर्ने व्यक्ति रहेकोले निजहरुसँग मोती ल्याइदिने भनी केही रकम समेत लिएको र सामान नदिएको बिषयमा अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच धादिङ गजुरी–१ रामबजार नयाँबारी निवासी तामाङ्ग थरकी चार वर्षीया बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा पिँडा–२ घर भई हाल गजुरी–१ बस्ने ४५ वर्षीय सुब्बा मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा