मन्त्रीले सहयोग नगरेको भन्दै २२ जना द्धारा राजीनामा

२१ माघ २०६९, आईतवार २०:१५ मा प्रकाशित

रुपन्देही २१, माघ । नवलपरासीका उखु किसानहरुले र्निधारित मूल्य अनुसारको भुक्तानी नपाएको भन्दै गरेको आन्दोलनको धक्का तराई मधेष लोकतात्रिक र्पाटीमा लागेको छ । किसानहरुको आन्दोलनमा तराई मधेष लोकतान्त्रिक र्पाटीका र्पूव सभासद एबम भौतिक योजना तथा र्निमाण मन्त्री ह्दयश त्रिपाठीले किसानहरुको आन्दोलनप्रति कुनै प्रतिक्रिया नदिएको भन्दै तमलोपा नवलपरासीका दुई र्दजन बढी नेता तथा र्कायर्कताहरुले आज सामुहिक राजिनामा दिएका छन । यस अघि पनि र्पाटी नेतृत्वप्रति असन्तुस्टि जनाउंदै तराई मधेष लोकतान्त्रिक र्पाटीका जिल्ला अध्यक्ष सत्रजित यादव सहित आठ जना जिल्ला र्कायसमितिकाले संयुक्त रुपमा राजिनामा दिएका थिए । आज पत्रकार सम्मेलन र्गदै केन्द्िरय सदस्य अशोक जङ्ग राणा, जिल्ला प्रवक्ता उमेश चन्द्र यादव सहित २२ जनाले संयुक्त रुपमा र्पाटीको साधारण सदस्य समेत नरहने गरी र्पाटी परित्यागको घोषणा गरेको हो । तमलोपाबाट र्पाटीका सक्रिय नेता तथा र्कायर्कतालाई राजिनामा दिएपछि नवलपरासीमा तमलोपालाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,