जेठमा चुनाव असम्भव: एमाले नेता नेपाल

२१ माघ २०६९, आईतवार २०:१३ मा प्रकाशित

चन्द्र कान्त खनाल, रुपन्देही २२ माघ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेठमा चुनाव असम्भव भएको बताउनु भएको छ । स्याङ्जाको व्यापारिक केन्द्र वालिङ्मा माघ १२ देखि संचालनमा आएको चौथो वालिङ् महोत्सवको समापन कार्यक्रमका लागि आएका नेता नेपालले जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गदै माओवादी सत्ता लम्बाउनका लागि जेठमा चुनाव गराउने हावादारी कुरा गर्दै हिडेको आरोप लगाउनुभयो ।‘निर्वाचन तयारीका लागि न्यूनतम चार महिना समय लाग्छ ।’ नेता नेपालले भन्नुभयो ‘अबको चार महिनामा वर्षा लाग्छ त्यसैले जेठमा चुनाव सम्भव छैन् ।’विपक्षी दलले शुरु गरेको आन्दोलन सत्ताका लागि नभएको दावी गर्दै एमाले वरिष्ठ नेता नेपालले माओवादीको राज्य आतंक विरुद्ध आन्दोलन गरिएको दावी गर्नुभयो । उहँँले भन्नुभयो ‘माओवादीको आतंकलाई अन्त्य गर्न आन्दोलनको विकल्प छैन् । जारी आन्दोलन सफल बनाउन सबै दलले अर्जुनदृष्टि लगाऔं ।’माओवादीले पछिल्लो समय स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रश्ताव गरेर जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाउँदै नेता नेपाललले भन्नुभयो ‘यो माओवादी नया“ चालबाजी हो ।’विगतमा भएका सहमति पालन नगर्ने माओवादीको यो प्रस्तावलाई विश्वास गर्न नसकिने उहा“को भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ