शिक्षक दरवन्दी पूर्तिमा नयाँ व्यवस्था

२१ माघ २०६९, आईतवार ११:२५ मा प्रकाशित

काठमाडौं, २१ माघ । सर्वोच्चको आदेशबाट शिक्षकको पदपूर्तिमा कतैबाट अवरोध नभएपछि हरेक वर्ष आवश्यक शिक्षक दरबन्दीका लागि विज्ञापन खुल्ने भएको छ । शिक्षक सेवा आयोगले आवश्यक दरबन्दीमा पदपूर्तिका लागि अब हरेक वर्ष विज्ञापन खुलाउने तयारी गरेको आयोग अध्यक्ष उदयराज सोतीले जनाए । आगामी वर्षदेखि क्यालेन्डर नै प्रकाशन गरेर हरेक वर्ष शिक्षक विज्ञापन गरिने अध्यक्ष सोतीको भनाइ छ ।
१९ मंसिरमा मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग निमावली संशोधन गरेपछि आयोगलाई विज्ञापनका लागि बाटो खुलेको थियो । विज्ञापन खुलाइएपछि खारेजीको माग गर्दै अस्थायी शिक्षकका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । तर, सर्वोच्चले शिक्षक विज्ञापनलाई निरन्तरता दिन आदेश दिएपछि आयोगलाई अवरोध हटेको हो । सोतीका अनुसार आयोगले रिक्त दरबन्दीको माग जिल्ला शिक्षा कार्यालयसँग गर्ने र त्यही आधारमा आवश्यक शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्नेछ । प्रत्येक वर्ष सेवानिवृत्त र विभिन्न किसिमले २ हजारको हाराहारीमा दरबन्दी खाली हुने गरेको छ । वषैपिच्छे विज्ञापन गर्दा पदपूर्ति सजिलो हुने सोतीको भनाइ छ ।
एकैपटक धेरैको संख्यामा विज्ञापन खुलाउँदा समस्या आउने भएकाले आयोगले प्रत्येक वर्ष विज्ञापन गर्न लागेको हो । प्रत्येक वर्ष विज्ञापन गर्दा परीक्षा लिन पनि सजिलो हुने आधारमा पनि यस्तो व्यवस्था गरिन लागिएको स्रोतको कथन छ । परीक्षार्थीको संख्या अत्यधिक हुने भएपछि आयोगले विभिन्न कार्यालयको सहयोग लिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
विज्ञापनमा आयोगले ११ वैशाख ०६३ पछि रिक्त रहेको १२ हजार ८ सय ९० शिक्षकको माग गरेको छ । माध्यमिकमा २ हजार २ सय ४६, निम्नमाध्यमिकमा २ हजार ७ सय ६७ र प्राथमिक तहका लागि ७ हजार ८ सय ७७ शिक्षकको पदपूर्तिका लागि आयोगले माग गरेको छ । आयोगले दरखास्त फारम बुझाउने अन्तिम मिति २५ माघसम्म र दोब्बर दस्तुर तिरी २ फागुनसम्म तोकेको छ । परीक्षा ९ जेठदेखि तीन दिन तोकेको छ । आयोगले आवेदन शुल्क भने माध्यमिक तहका लागि ७ सय, निम्नमाध्यमिकलाई ५ सय र प्राथमिक तहका लागि ३ सय तोकेको छ । त्यसमा समावेशीका लागि थप रकम तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत