एमाओवादी अधिबेशनको बन्दसत्र सुरु हुदै, प्रतिनिधि छनोटमा विवाद, केन्द्रीय समितिको बैठक जारी

२१ माघ २०६९, आईतवार ११:०९ मा प्रकाशित

हेटौडा, २१ माघ । शनिबार देखि सुरु भएको एमाओवादीको सातौ राष्ट्रिय महाधिवेशनको आजदेखि बन्दसत्र सुरु नहुदै प्रतिनिधि विवाद सुरु भएको छ । मध्यान्ह१२ बजेपछि देखि सुरु हुने भनिएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको थियो तर प्रतिनिधि विवादका कारण बन्द सत्र पर सर्ने भएको छ । राजनीतिक प्रतिवेदनमाथि भने सोमबार देखि छलफल हुने कार्यक्रम रहेको छ । अधिबेशन सहभागी हुन एमाओवादीका ३ हजार २ सय प्रतिनिधि हेटौडा आइ पुगी सकेका छन् । यसैबीच, प्रतिनिधि विवाद ब्यबस्थापन गर्ने विषयमा छलफल गर्न एमाओवादी केन्द्रीय कार्यालयको बैठक अहिले बसिरहेको छ । हेटौडा कपडा उद्योग परिसरमा बसिरहेको बैठकले महाधिवेशनको प्रतिनिधि, पर्यवेक्षक विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । महाधिवेशन शनिबार एमाओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत