नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दै

१६ चैत्र २०६८, बिहीबार ०८:४२ मा प्रकाशित

काठमाडौ, १६ चैत । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ३ बजे सुरुहुने बैठकमा सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम भएको भन्ने फैसलाविरुद्व परेको निवेदन दरपीठ कानूनसम्मत भएको भनेर हिजो गरेको निर्णय र आगामी कदमको बारेमा छलफल हुने बताइएको छ । त्यसैगरी गणतन्त्र दिवसको अवसर पारेर वितरण गरिने मान, पदवीको मापदण्ड तथा प्रक्रियाको बारेमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् । सरकारको नियमित कामकारबाहीको बारेमा पनि मन्त्रिपरिषद्को बैठकमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा मधेसबादी दलहरुको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले ४ बुँदे सहमति कार्यान्वयनको बारेमा कुरा उठाउने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार