विराटनगरका अपहरित उद्योगपति गंगाविसन राठीको हत्या

२० माघ २०६९, शनिबार २१:४६ मा प्रकाशित

विराटनगर, २० माघ । तीन साताअघि अपहरण गरिएका विराटनगरका उद्योगपति गंगाविसन राठीको हत्या गरिएको छ । करिब तीन साताअघि व्यापारिक कामको सिलिसिलामा विराटनगरवाट झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुढी जाने क्रममा अपहरणमा परेका राठीको शव शनिबार बिहान भारतस्थित सिलिगुडी प्रहरीले फेला पारेको छ । भारतको सिलिगुडीदेखि करिब १६ किलोमिटर टाढाको सुकुना वनमा राठीको शव फेला परेको सिलिगुडी प्रहरीले पुष्टि गरेको छ । भारतस्थित सिलिगुडी प्रहरीले शनिबार पत्रकार सम्मेलन आयोजना गरी घटनाको पुष्टि गरेको थियो । सिलिगुडी प्रहरीका अनुसार राठीको लास सँगै शिवसेना नेपालका प्रमुख चन्द्रप्रकाश चूडालको समेत लास फेला परेको छ । प्रहरीका अनुसार लास क्षतविक्षत र नचिनिने अवस्थामा फेला परेको छ । प्रहरीले जनाए अनुसार चूडालको जनवरी ८ मा र राठीको १० तारिखका दिन हत्या गरिएको थियो भने दुवैको २० दिनअघि हत्या भएको अनुमान छ । प्रहरीका अनुसार अपहरणकारीले राठीको हत्यापछि परिवारका सदस्यलाई फोन गरी फिरौती रकम मागेको थियो । अपहरणकारीले राठीलाई मुक्त गर्न परिवारसँग ५ करोड भारतीय रुपैयाँ फिरौती मागेको  थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार