अपहरित राठीको शव फेला परयो

२० माघ २०६९, शनिबार १५:४३ मा प्रकाशित

काठमाडौं, २० माघ । झण्डै महिना दिनअघि कामको सिलसिलामा सिलगुडी जाँदा अपहरणमा परेका विराटनगरका उद्योगी गंगाविसन राठीको शव सिलिगुढीदेखि ४० किलोमिटर टाढा भारत पश्चिम बंगाल दार्जलिङको रङपोङ भन्ने स्थानमा फेलापरेको छ । भारतीय प्रहरीले उद्योगी राठीको अपहरण अभियोगमा २ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा राठीको शव भेटिएको बताइएको छ ।  व्यापारिक काममा भनेर सिलिगुढी गएका राठी उतैबाट अपहरणमा परेका थिए । फेला परेको शव राठीकै भएको पुष्टी भएको सिलिगुढी प्रहरीले दावी गरे पनि मोरंग प्रहरीले भने यस विषयमा अनभिज्ञता जनाएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव