कार्यकर्ताको सहयोगबाट महाधिवेशनको खर्च जुटाइएको पुनको दाबी

२० माघ २०६९, शनिबार ०९:४० मा प्रकाशित

काठमाडौ, २० माघ । हेटौँडामा शनिबारदेखि सुरु भएको सातौँ महाधिवेशनले शान्तिपूर्ण प्रतिष्पर्घात्मक राजनीतिको कार्यदिशा तय गर्ने एमाओवादीका नेता एवम् अर्थमन्त्री वर्षमान पुनले दाबी गरेका छन् । मुलुकलाई शान्तिपूर्ण ढंगले अघि बढाउँदै महाधिवेशनले परिवर्तनलाई संस्थागत गर्नेतर्फ पार्टीलाई उन्मुख गराउने भन्दै एमाओवादी अहिले शान्तिपूर्ण प्रतिष्पर्घात्मक राजनीतिकको बाटोबाट जनताको मत जित्दै अघि बढ्ने बताए ।
उनले भने– ‘महाधिवेशनबाट हामी बैचारिक रुपमा प्रतिष्पर्घा गर्दै अघि बढ्ने पार्टी निर्माण गर्छौं ।’ अन्तर्राष्ट्रिय रुपमा एक कम्यूनिष्ट पार्टीले देश चलाउने परम्पराको विरुद्ध प्रतिष्पर्घा गर्ने पार्टीको निर्माण गर्ने उनको भनाई थियो । २१ औ शताब्दिको आवश्यकता अनुसार रुपान्तरण हुँदै अघि बढ्ने बताउँदै पार्टीलाई निरन्तर परिमार्जन गर्दै लैजाने पनि उनले जनाए ।
एमाओवादीका प्रभावशाली नेतासमेत रहेका अर्थमन्त्री पुनले पार्टी सशस्त्र द्धन्द्धबाट शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण भएजस्तै अब जनताको अभिमतको विश्वासमा रुपान्तरण हुने भन्दै जनतामाथि भइरहेको उत्पीडन, राज्यपुनःसंरचना, पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको एजेण्डलाई महाधिवेशनले अझै प्रष्ट र धारिलो पार्ने दावी गरे ।
मन्त्री पुनले महाधिवेशनले पार्टीको अध्यक्ष उपाध्यक्ष निर्वाचन नगरी केन्द्रीय समिति मात्र निर्माण गर्ने जानकारी दिँदै सोही निर्वाचित केन्द्रीय समितिले पदाधिकारीहरु चयन गर्ने जानकारी दिए ।
अत्यन्तै मितब्ययी ढंगले पार्टीको महाधिवेशन गर्न लागिएको दावी गर्दै त्यसको स्रोतको रुपमा ३५ सय महाधिवेशन प्रतिनिधीबाट प्रत्येक सँग ५ हजार रुपैया, ३ लाख ५० हजार संगठीत कार्यकर्ताको सहयोग र शुभेच्छुकबाट सहयोग संकलन गरिने भन्दै थोरै हुने अपुग मात्र उद्योगी–ब्यवसायीहरुबाट स्वेच्छिक रुपमा लिइने बताए ।
उनले भने– ‘बाहिर चर्चा चलेजस्तो कुनै चन्दा आतंक छैन । यसबाट मुलुकको अर्थतन्त्रमा असर नपरोस भन्नेमा हामी सचेत छौँ । खर्च कम गर्न नै हामीले हेटौडाको औद्योगिक क्षेत्रमा महाधिवेशन गरेका हौँ । नेताहरु त्यहीँ बस्नुहुन्छ र मेसमै खाना पनि खानुहुन्छ ।’
उनले पार्टी नीति विपरित चन्दा माग्नेलाई कारवाही गर्ने स्पष्ट पार्दै पार्टीमा भएको खर्चको सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका