संविधानसभामा थप एक दिन राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनमाथिको छलफल जारी रहने

१६ चैत्र २०६८, बिहीबार ०८:४० मा प्रकाशित

काठमाडौ, १६ चैत । राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदनमाथि संविधानसभामा जारी छलफल अझै एक दिन लम्बिने भएको छ । आजसम्मकोलागी छलफलको समय तोकिए पनि सभासदहरुले धारणा राख्ने क्रम नसकिएकोले भोली एक दिन थप छलफल गर्न लागिएको हो ।  आजको बैठकमा सभासद्हरुले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनले निकास दिन नसकेका कारण राजनीतिक सहमतिमै कम प्रदेश बनाउनुपर्ने बताएका छन् ।  एकीकृत माओवादीकी हिसिला यमीले सामथ्र्यलाई भन्दा पनि पहिचानलाई मुख्य आधार बनाएर सङ्घीयतामा जानुपर्ने तर्क गर्नुभयो । नेकपा एमालेका विष्णु पौडेलले आयोगको प्रतिवेदनले राज्य पुनःसंरचनाको विषयलाइ झनै विवादित बनाइदिएकाले संविधानसभाभित्र राजनीतिक सहमति कायम गर्नुपर्ने बताउनुभयो । आयोगले बनाएको सिमाङ्कन उदेकलाग्दो भन्दै उहाँले प्रदेशको सिमाङ्कन र सङ्ख्या निर्धारण गर्दा सामथ्र्यलाई महत्व दिनुपर्ने बताउनुभयो ।
नेपाली काङ्गे्रसका जीवनप्रेम श्रेष्ठले आयोगको प्रतिवेदन अव्यावहारिक रहेकोले यसबाट सङ्घीयताको निर्णय गर्न नसकिने बताउनुभयो । उहाँले आयोगको प्रतिवेदन विवादित र व्यर्थ भएका कारण बढिमा सात प्रदेश बनाउनु पर्ने धारणा राख्नुभयो । श्रेष्ठले एक मधेस प्रदेश स्वीकार्न नसकिने बताउनुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ओमप्रकाश यादवले आयोगको प्रस्ताव आफूहरुका लागि अस्वीकार्य भएको भन्दै समग्र मधेस एक स्वायत्त प्रदेश बनाउनुपर्ने माग गर्नुभयो । फोरम नेपालका रामसहायप्रसाद यादवले आयोगको प्रतिवेदनले सङ्घीयताको नाममा केन्द्रीयता लाद्न खोजेको आरोप लगाउनुभयो ।
यसैबीच, आयोगको प्रतिवेदनमाथि संविधानसभामा छलफल एकदिन लम्बिने भएको छ । यसअघि छलफलका लागि चार दिन समय छुट्टाएपनि आयोगको प्रतिवेदनमाथि थप छलफल हुनुपर्ने सभासद्हरुको मागका कारण छलफल एकदिन लम्बाइएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्