जनता नजिस्क्याउन चेतावनी

२० माघ २०६९, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं, २० माघ । पटक–पटक निर्वाचनको घोषणा गरेर चुनाव गराउन असफल हुँदा पनि आगामी जेठमा निर्वाचन गराएरै छाड्ने उद्घोष प्रधानमन्त्री बाबुराम भट्टराईले गरिरहेका छन् । तर, एक पटक घोषणा गरेको निर्वाचन गराउन नसकेपछि त्यो सरकारले अर्को निर्वाचनको घोषणा गर्नै नसक्ने अन्तर्राष्ट्रिय परम्परा प्रस्तुत गर्दै यस्तो पार्टीलाई सरकारमा बस्ने अधिकार नभएको नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले दाबी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता खड्काले माओवादीको चटके र ठाँटको राजनीतिबाट मुलुकले निकास नपाउने दावी गर्दै सहमतिमा तत्काल मुलुकलाई निकास दिनुपर्ने बताए । जनता उठे द्धन्द्धको घाउ पुनः बल्झिने र त्यसले छिनोफानो गर्ने भन्दै माओवादीका नेताहरु बोली विहान र बेलुका नै फेरिने भएकोले उनीहरुको प्रस्तावमा विश्वास नभएको उनको भनाई छ ।
माओवादीले अघिसारेको स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्तावमा उनले प्रश्न गरे– ‘कुन पार्टीको स्वतन्त्र ब्यक्ति ?’ कहिले चुनाव त कहिले स्वतन्त्र ब्यक्तिको कुरा गरेर जनतालाई नजिस्काउन उनले एमाओवादी नेतृत्वलाई चेतावनी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा