मन त थिएन तर बस्न वाध्य भइयो : मन्त्री रायमाझी

२० माघ २०६९, शनिबार ०९:३४ मा प्रकाशित

काठमाडौ, २० माघ । शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनबाट आफ्नो पार्टीलाई हराएर सरकारको नेतृत्व गर्न विपक्षी दलहरुलाई चुनौति दिएका छन् । ‘राजनीतिक गतिरोध र निकास’ विषयमा तराई स्वतन्त्र न्यायमन्चले राजधानीमा गरेको अन्तरक्रियामा उनले गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा माओवादी सहभागी भएर सबैभन्दा ठूलो दल बनेको स्मरण गर्दै कांग्रेस र एमालेलाई पनि सरकारमा आएर निर्वाचनमार्फत माओवादीलाई हराउन चुनौति दिए ।
प्रतिपक्षीहरुको अर्जुनदृष्टि निकास र निर्वाचनमा भन्दा पनि सत्तामा भएको भन्दै सडकमा कराएर कुनै पनि हालतमा कुर्सी नपाइने उनले स्पष्ट पारे ।
मन्त्री रायमाझीले प्रतिपक्षी सरकारमा आएर निर्वाचनमा जान वा संविधानसभाको पुनःस्थापनमा जान तयार हुनुपर्ने भन्दै प्रतिपक्षीहरुको मुर्खताका कारण पनि आफूहरु नचाहँदा नचाहँदै पनि सरकारमा बस्न बाध्य भएको बताए । उनले भने– ‘हामीलाई यसरी सरकारमा बस्न मन त थिएन तर विपक्षीको व्यवहारले वाध्य तुल्यायो ।’
प्रतिपक्षीहरुले निर्वाचन नचाहेको खारोप पनि उनले लगाए । राष्ट्रपतिलाई विवादमा फसाउने काम समेत विपक्षीहरुले गरेको उनको कथन थियो । विपक्षी दलले सुरु गरेको आन्दोलनप्रति व्यङ्ग्य गर्दै उनले उनले भने– ‘कुनै नेतालाई कुर्सी दिलाउन जनता सडकमा आउँदैनन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्