गौतम भन्छन्– ‘भट्टराईको विवेक गुम्यो’

२० माघ २०६९, शनिबार ०९:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २० माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नैतिकता गुमाएको दाबी गरेका छन् । नैतिकता गुमाएका भट्टराईलाई कुर्सीमा बस्ने अधिकार नभएको उनले जनाए ।
प्रेस चौतारी रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले विपक्षी दललाई नत्थी लगाएर चुनाव गराउँछु भनी बाबुराम भट्टराईले बोल्नु विवेक गुमेको प्रमाण भएको दाबी गरे ।
नेता गौतमले एकीकृत नेकपा माओवादी र मधेसवादी दलले मुलुकमा संवैधानिक र राजनीतिक संकट निम्ताएर मुलुकलाई वर्वादीको दिशातर्फ धकेलेको आरोप लगाए ।
‘१२ पटक १२ तालमा नाच्ने एकीकृत नेकपा माओवादी नेतृत्वलाई विश्वास गर्ने ठाउँ अब छैन’, गौतमको ठहर छ । उनले मुलुकको निकासका लागि माओवादी र मधेसवादी दलबाहेक जोसुकैको नेतृत्वमा सहमतीय सरकार निर्माण गर्न सकिने उल्लेख गरे । एमाले आगामी जेठसम्म संविधानसभाको दोश्रो चुनाव गराउने पक्षमा नरहेको भन्दै गौतमले राष्ट्र र नागरिकविरोधी क्रियाकलाप गर्ने एमाओवादीसँग साझेदारी गर्न नसक्ने जिकीर पनि उनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्