राप्रपा नेपाल स्वतन्त्र व्यक्तिकै पक्षमा

२० माघ २०६९, शनिबार ०९:३० मा प्रकाशित

काठमाडौं, २० माघ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले सत्तापक्ष र विपक्ष दुबै आन्दोलनमा जाँदा मुलुकमा राजनीतिक अन्यौलता बढेको बताएका छन् । प्रजातन्त्रको खोलमा सत्तापक्षले सर्वसत्तावाद र प्रतिपक्षीले राष्ट्रपतिलाई उचालेर निरंकुशता लाद्न खोजेको दाबी गुरुङले गरे । उनले निकासको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा संविधानसभाको निवार्चन गराएर संविधान निर्माण गर्नु पर्ने भन्दै अहिले दलहरुले चुनावको ओठे प्रतिबद्धता ब्यक्त गरेर चुनावलाई टार्ने षडयन्त्र गरेको आरोप पनि लगाए । यस्तो भए प्रजातन्त्र समाप्त हुने उनको तर्क थियो ।
गुरुङले जेठ भित्रमा निर्वाचन गर्नुपर्ने भन्दै चुनाव नगरे आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिए । उनले जेठमा चुनाव नगरेर राजनीति दलको हातबाट फुस्किने समेत दावी गरे । निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा जानुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले