रिक्त संबैधानिक पदाधिकारी नियूक्ती गर्न परिषद् बैठक बस्दै

१६ चैत्र २०६८, बिहीबार ०८:३९ मा प्रकाशित

काठमाडौ, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिको बारेमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्तिका बारेमा छलफल गर्न बैठक बोलाउनु भएको हो । साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु हुने बैठकमा मुख्य सचिव माधव घिमिरेले तयार पारेको नियुक्तिको मापदण्डको बारेमा छलफल हुने बुझिएको छ । यसअघिको परिषद् बैठकले संवैधानिक नियुक्तिको अन्तरराष्ट्रिय अभ्यासको बारेमा अध्ययन गरेर मापदण्डको खाका बनाउन घिमिरेलाई जिम्मा दिएको थियो । दलहरुको आआफ्नै दावेदारीकाबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखा परीक्षक, निर्वाचन आयोग लगायतका संवैधानिक निकाय ५ बर्षयता प्रमुख आयुक्त विना चल्दै आएका छन् । संवैधानिक निकायको प्रमुखमा मुख्य दलले दावी जारी राखेका छन् । हालसम्म तीन दलबीच नियुक्तीको विषयमा कुनै सहमति भैनसकेकोले आजको बैठकबाट ठोस निर्णय हुने सम्भावना कम रहेको छ । यसअघी राज्यब्यवस्था समितिले एक साताभित्र नियूक्ती गर्न प्रधानमन्त्रीलाई निर्देशन समेत दिएको थियो । सोही समयसीमालाई ख्याल गरी आज बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,