नत्थी लगाएर चुनाव गराउँछु भन्ने भट्टराई विवेक हिन: उपाध्यक्ष गौतम

२० माघ २०६९, शनिबार ०२:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २० माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नैतिकता गुमाई सकेको बताउदै ,नैतिकता गुमाएका भटराईको कुर्सिमा बस्नुको कुनै अधिकार नभएको बताउनु भयो । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटकार्यक्रममा गौतमले विपक्षी दललाई नत्थी लगाएर चुनाव गराउँछु भन्ने बाबुराम भट्टराईले आफ्नो विवेक गुमाएको बताउनुभयो । पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष गौतमले मुलुकको बागडोर समाल्ने पदमा रहेका र आफूलाई कुसल नेतृत्व भन्नेहरुले नै कुरा एक थरी र व्यवहार र्अको थरी गरेकाले उनीहरुको नैतिकता गुमेको दावी गौतमले गर्नु भयो । नेता गौतमले एकीकृत नेकपा माओवादी र मधेसवादी दलले मुलुकमा संवैधानिक र राजनीतिक संकट निम्ताएर मुलुकलाई र्ववादीको दिशार्तफ धकेलेको आरोप लगाएउनुभयो । १२ पटक १२ तालमा नाच्ने एकीकृत नेकपा माओवादी नेतृत्वलाई विश्वास गर्ने ठाउँ नभएको भन्दै उहाँले मुलुकको निकासका लागि माओवादी र मधेसवादी दल बाहेक जो सुकैको नेतृत्वमा सहमतीय सरकार निर्माण र्गन सकिने उल्लेख गर्नु भयो । एमाले आगामी जेठसम्म संविधान सभाको दोश्रो चुनाव गराउने पक्षमा नरहेको भन्दै गौतमले राष्ट्र र नागरिक विरोधी कृयाकलाप र्गने एकीकृत नेकपा माओवादीसँग सँधैभरी साझेदारी र्गन नसक्ने जिकीर र्गनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल