जनता जगाउन एमालेले राजधानी उपत्यकाका घर-घरमा पत्र काट्ने

१९ माघ २०६९, शुक्रबार ०६:३८ मा प्रकाशित

काठमाडौं, १९ माघ । नेकपा एमाले उपत्यका आन्दोलन परिचालन समितिको  बैठकले सरकारविरुद्ध विपक्षी गठबन्धनले गर्न लागेको आगामी २६ गतेको प्रदर्शन तथा विरोधसभालाई प्रभावकारी वनाउने उद्देश्यले विभिन्न महत्वपूर्या निर्णय गरेको छ । वैठकले उक्त दिन लाखौँ जनता सडकमा उतार्ने योजना तयार गरेको छ । त्यसका लागि उपत्यकाका पन्ध्रवटै निर्वाचन क्षेत्रमा एकएक जना केन्द्रीय प्रतिनिधि परिचालन गर्ने भएको छ भने काठमाण्डौ उपत्यकासँग जोडिएका चारै जिल्लामा पनि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । आन्दोलन प्रभावकारी वनाउनका लागि सो पार्टीका स्थानिय पार्टी कमिटीका अतिरिकक्त सम्पर्क समन्वय कमिटी, मोर्चा संगठनअन्तरगतका जनसंगठनहरु, केन्द्रीय निकाय र केन्द्रीय विभागहरु तथा विभिन्न सरोकारका संगठनहरुमा आवद्ध सम्पूर्ण पार्टीशक्तिलाई परिचालन गर्ने योजना तयार गरिएको एमाले सचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार यस अभियानअन्तरगत घरदैलो अभियान, माईकिङ, पर्चा र पम्पलेट वितरण गर्नुका साथै सहभागीताका लागि घरघरमा निमन्त्रणापत्र समेत वितरण गरिनेछ । सर्वसत्तावादका विरुद्धको संयुक्त लोकतान्त्रिक आन्दोलनमा सहभागी भएर संघिय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता तथा नेपाल र नेपालीको स्वाभिमानका पक्षमा उभिन तथा आ आफ्नो ठाउँवबट समंवैधानिक र राजनीतिक संकटको निकासमा योगदान गर्न एमालेले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र