राजनिती गर्नु भन्दा तरकारी खेति गर्नु राम्रो लाग्यो: पूर्व सभासद कमल श्रेष्ठ

१८ माघ २०६९, बिहीबार २२:५१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १९  माघ । जिल्लाका अन्नबाली फल्ने बारीहरुमा पछिल्लो समयमा तरकारी बारीमा पर्रिवतन भएक छन जिल्लाकाअधिकासं स्थानहरु यतिबेला गुल्मीमा । विभिन्न गाविसका किसानहरुले अहिले व्यवसायिक रुपमै तरकारी खेतीमा लागेरराम्रो आम्दानी हुन लागेपछि यसरि उनिहरु तरकारीखेति तर्फलगेको बताएका छन । जिल्लाका अधिकांश किसानहरुले पछिल्लो समयमा अन्नबाली उत्पादन र्गन छाडेरव्यवसायिक रुपमा तरकारी खेती र्गन थालेका छन। मकै, गहुँ लगायत अन्नखेती गरेर ६ महिना खान नपुग्ने बारीमा यहाँका किसानहरुले व्यवसायिक तरकारीखेती गरेर र्बषभर खान पुर्याएर केही रकम बचत समेत गरेका छन । जिल्लाकोहुगाँ, बलेटक्सार, थानपती, गैडाकोट, सिमीचौर, र्अखले, र्अजे, थोगा,जुभुङ्ग, बलिथुम, ठुलो लुम्पेक, तम्घास लगायतका गाविसका किसानहरुले ब्यवसायिक रुपमै तरकारी खेती र्गन थालेका छन । जिल्लाका यी गाविसहरुका किसानहरुले उत्पादन गरेको तरकारीले गुल्मी जिल्लाको सदरमुकाम तम्घास,जिल्लाको प्रमुख नाका रिडी बजार पुरै धानेको छ भने केही तरकारीजिल्लाभन्दा बाहिर पाल्पा, बुटबलसम्म जाने गरेको छ । जिल्लाको सदरमुकाम तम्घास ९ का किसान दधिराम पाण्डेले आफुले शुरु गरेकोब्यवसायिक तरकारीबाट राम्रो आम्दानी भएको बताउनुभयो । ‘भिरालो बारीमाअन्न खेती गरेर खान पुग्दैनथ्यो, तर तरकारी खेती गरेर राम्रो आम्दानी भएको छ पाण्डेले भन्नुभयो । अहिले मैले मौसमी तथा बेमौसमी तरकारीउत्पादन गर्ने गरेको छु उनले भने । मैलेआफुले उत्पादन गरेको तरकारी बजारमा बिक्री र्गनका लागि पुर्याउन पदैन,सदरमुकाम तम्घासका तरकारी ब्यापारी घरमै आएर लैजाने गर्दछन । उनी जस्तै जिल्लाको हुगाँ गाविसका अर्को ब्यवसायिक तरकारी किसान बिष्णु भण्डारीलेपनि लामो समयदेखि तरकारी उत्पादन गरेर राम्रो आम्दानी र्गने गरेको बताउनुभयो । आफूलाई जिल्लाको पहिलो व्यवसायिक तरकारी किसान भनेर चिनाउनेभण्डारीका अनुसार उहाँले आफ्नो १० रोपनी अन्नबाली लगाउने जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएको बताउनुभयो । अन्न खेती र्गदा ६ महिनालाई पनि खान पुग्दैनथ्यो, अहिले त्यही बारीमा ब्यवसायिक तरकारी खेतीगर्दा वार्षिक ५ लाखभन्दा बढी आम्दानी हुने गरेको छ उहाँले भन्नुभयो । जिल्ला कृषि र्कायालय गुल्मीका अनुसार अहिले जिल्लाका अधिकांश गाउँकाकिसानले तरकारी खेतीबाट मनग्ये आम्दानी र्गने गरेको जनाएको छ । जिल्लाका डेढ र्दजनभन्दा बढी गाविसका किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेको र त्यसका लागि कर्षि विकास कायलयले सहयोग गरेको छ । जिल्लाका खानेपानीको समेतअभाव भएका केही गाविसका किसानहरुले प्लाष्टिक पोखरी निर्माण गरेर वर्षात्कोपानी सकंलन गरेर सिचाँइको व्यस्था मिलाएर तरकारी उत्पादन गरेका छन । यता गुल्मी जिल्ला क्षेत्र नम्बर २ का र्पुव सांसद कमलराज श्रेष्ठ र जिल्ला विकास समिति गूल्मीका र्पुव सभापति कोशल पोखरेल पनि अहिलेब्यवसायिक तरकारीमा लागेका छन । सक्रिय राजनीतीलाई अलिकति छाडेरतरकारीखेती तथा पशुपालनमा कृर्याशिल बनेका श्रेष्ठ र पोखरेललाई अहिले भनेतरकारी खेती स्यार्हान भ्याईनभ्याइ भएको छ । राजनीती गरेरभन्दा नमुना किसान बनेर जनताको सेवा र्गन सकिने भन्दै र्पुव सांसद कमलराज श्रेष्ठ र र्पुव जिल्ला विकास समिती गुल्मीका सभापति पशुपालन तथा तरकारी खेतीमालागेको बताएक छन । कमलराज श्रेष्ठ २०५१ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका तफबाट सांसद् बनेका हुन भने कौशल पोखरेल २०५४ सालमा एमालेकैर्तफबाट जिल्ला विकास समिति गुल्मीको सभापतिमा निवाचित भएका थिए ।कृषकलाई अबश्यक सहयोग र नया कार्यक्रम ल्याउने जिल्ला कृषि कार्यालयक अधिकृत चेतनाथ ज्ञाबली ले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री