प्रेमराजासंगै नाचे लस एन्जलसका नेपालीहरु

१८ माघ २०६९, बिहीबार २०:५८ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस । बरिष्ठ लोक गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनियाको लागी नेपाल सरकारको तर्फबाट महावाणिज्यदुत प्रेमराज महतसंगै लस एन्जलसका नेपालीहरु रमाउदै नाचेका छन् । गुरुङ समाज लस एन्जलसले आईतबार लस एन्जसलमा गरेको ल्होसार कार्यक्रम बाल्टीमोर देखी आउनु भएका महतसंग लस एन्जलसका नेपालीहरु रमाउदै नाचेका हुन् । साना साना नानीहरुले गुरुङ भाषामा गरेको नाचबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा उपस्थित भएका दर्शकहरुले भरपुर मनोरञ्जन लिएको देखिन्थ्यो ।

नृत्य क्षेत्रमा चर्चा कमाउनु भएकी तारा गुरुङको अध्यक्षतामा रहेको गुरुङ समाज लस एन्जलसको सांस्कृतिक कार्यक्रममा बरिष्ठ लोक गाएक प्रेमराजा महत सहित तारा गुरुङ, मिस नेपाल २००४ की फस्ट रनर अप तथा मोडेल सहारा गुरुङ, मिस नेपाल युसए २०११ की फस्ट रनर अप तिलस्मी बिस्ट लगाएतका स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो । बरिष्ठ कलाकार प्रेमराज महतले स्टेजमा गित गाउदां दर्शक दिर्घमा रहेका अधिकाशं मानिसहरु आ-आफ्नो स्थानमा उठेर नाचेका थिए । सांस्कृतिक कार्यक्रम शुरु हुन पुर्ब गरिएको औपचारीक कार्यक्रममा अध्यक्ष तारा गुरुङको सभापतीत्व, बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठको प्रमुख आतिथ्य र महावाणिज्यदुत प्रेमराजा महतको बिषेश आतिथ्यका साथै वाणिज्यदुत श्रृषी ढकाल र ह्वाईट हिमाल टेलिभीजनका प्रवन्ध निर्देशक सूर्य थापाको आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बसन्त श्रेष्ठले अमेरिकामा आएर पनी नेपाली संस्कृती र परम्पराको निरन्तरा दिएकोमा आयोजकहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदुत प्रेमराजा महतले ल्होसार जस्ता कार्यक्रमले बिदेशमा बसेर पनी नेपाली सस्कृतीको जर्गेना गर्नुका साथै एक आपसमा सद्भाव बढाउने गरेको बताउदै आफुले नेपाली सस्कृतीको जगेर्ना गर्न लागी पर्ने जसलाई पनी पुर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अतिथीको रुपमा बोल्दै नेपाल सरकारका तर्फबाट अवैतानिक वाणिज्यदुत श्रृषी ढकालले ल्होसार जस्ता कार्यक्रमले बिदेशमा बसेका नेपाली बिच भातृत्व कायम गर्दै नेपाल प्रती थप सोच्नको लागी बिषेश भुमीका खेल्ने बताउदै आयोजकहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी कलाकारहरुलाई मायाको चिनो दिदै सस्थाकी अध्यक्ष तारा गुरुङले सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा