कसरी भन्ने म सेक्सी: अपेक्षा सिलवाल “मोडल”

१८ माघ २०६९, बिहीबार २०:५४ मा प्रकाशित

थोरै भाग्यमानी मोडलहरूमध्येमा पर्छिन् अपेक्षा सिलवाल । थोरै समयमा धेरै चर्चा पाउन सफल अपेक्षाले तीनवटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् भने यी तीनवटै भिडियोले उनलाई दर्शकमाझ चिनाएको छ । क्षमता र दक्षता भयो भने सफलता पाउन धेरै समय लाग्दोरहेनछ भन्ने कुराको उदाहरण पनि अपेक्षा नै हुन् । दुई नायक आर्यन सिग्देल र यशराजको जोडी बनिसकेकी अपेक्षाले भूषण दाहाल र समन अधिकारीको निर्देशनमा म्युजिक भिडियो खेलिन् । यसै साता मात्र उनी थप भिडियोको छायाङ्कनका लागि भारतको राजस्थान जाँदै छिन् भने त्यसपछि उनी बैंककतिर लाग्नेछिन् । अपेक्षाले उदीतनारायण झा, अञ्जु पन्त, सुनिल बुर्लाकोटी र मिलन अमात्यको गीतमा मोडलिङ गरिसकेकी अपेक्षासँग यसपटक रमाइलो कुराकानी गरिएको छ ।
० म्युजिक भिडियोमा त निकै सुन्दर देखिन्छ नि ?
– भिडियोमा मात्र, के म वास्तविकतामा पनि राम्री छैन र !
० थोरै समयमा यत्रो चर्चा कसरी ?
– मलाई त त्यस्तो लाग्दैन । यो सबैको माया हो ।
० म्युजिक भिडियो मात्र खेल्ने कि अरू पनि … ?
– अब बिस्तारै अन्य विधामा पनि हात हाल्नुपर्छ । मोडलिङसँगै अब चलचित्रतिर पनि हात हाल्ने योजनामा छु ।
० दिक्क लाग्छ… ?
– कुरा गर्ने तर काम नगर्नेहरू देखेर ।
० आफ्नो मनपर्ने दुईवटा कुरा ?
– आँखा र मेरो उचाइ ।
० खुसी लाग्छ … ?
– अरूले सकारात्मक प्रतिक्रिया दिँदा ।
० कसैलाई गाली गर्नुप¥यो भने निस्कने शब्द ?
– अहिलेसम्म त्यस्तो गाली गर्नु परेको छैन
० जान्नैपर्ने तर सिक्न मन लागेको कुरा ?
– अभिनय ।
० अहिले सिकिरहेको ?
– नृत्य, एरोविक ।
० दुईजना स्वदेशी सेक्सी नायिकाको नाम लिनुपर्दा ?
– करिश्मा मानन्धर र झरना बज्राचार्य ।
० आफू नि… ?
– आफ्नोबारेमा आफैँ नभनौँ कि । कसरी भन्ने म सेक्सी छु वा छैन भनेर ।
० चुम्बन कि सेक्स… ?
– अहिलेलाई दुवै होइन । पहिले क्यारिअर… ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।दुर्घटनामा परेर

काठमाडौं । सरकारले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका नाममा आर्थिक सहयोग उठाएमा दुई लाखसम्म जरिवाना गर्ने चेतावनी दिएपछि अहिले व्यक्तिगत रूपमा आर्थिक

काठमाडौं । रेश्मा बमजन र प्रदिप ग्लानको ‘मेरो एउटै चाहना’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ । रेश्मा र

काठमाडौं । नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकार प्रेममा छन् । गतबर्ष एक अवार्ड शोमा एकसाथ पुगेपछि उनीहरु प्रेममा

आजको प्रमुख समाचार