जिम्माब्वेको सरकारी ढुकुटीमा जम्मा २ सय १७ डलर

१८ माघ २०६९, बिहीबार ०७:५० मा प्रकाशित

काठमाडौं, १८ माघ । अफ्रिकी देश जिम्बाब्वेका अर्थमन्त्री टेण्डई बिटीले पछिल्लो साता आफ्नो देशको ढुकुटीमा जम्मा २ सय १७ डलर बाँकी रहेको बताएका छन् । सरकारी कर्मचारहीहरुलाई तलब बाँडेपछि यो स्थिति पैदा भएको उनको भनाई छ । जबकि एकदिनपछि नै तीन करोड डलर राजश्व उठेको पनि उनले जनाए ।
बिटीका अनुसार उनले यो कुराको रहश्योद्घाटन देश टाट पल्टेको छ भन्ने सूचित गर्नका लागि नभई सरकार चुनावमा रकम खर्च गर्न सक्षम छैन भन्ने कुरामा जोड दिनका लागि गरेका हुन् । जिम्बाब्वेमा यसै वर्ष निर्वाचन हुन गइरहेको छ । यसमा राष्ट्रपति रवर्ट मुगाबेको जानू पिएफ पार्टीको मुकाविला अर्थमन्त्री टेण्डई बिटीको मुभमेन्ट फर डेमोक्र्याटिक चेन्जसँग हुने बताइएको छ ।
अर्थमन्त्री बिटीले यसअघि नै सिकायत गरेका थिए कि देशमा हिराखानीसँग जोडिएका कम्पनीहरुले सरकारलाई राजश्व तिरिरहेका छैनन् ।
जिम्बाब्वेमा सन् २००९मा संयुक्त सरकार बनेको थियो, उक्त सरकारले त्यहाँ मंहगीमा नियन्त्रण गर्न सके पनि समग्र देशको आर्थिक स्थिति भने उस्ताको उस्तै रहेको थियो ।
बिटीले आफ्नो भनाईलाई बंग्याएर नबुझ्न आग्रह गरेका छन् । आमनिर्वाचन गर्न सक्ने अवस्थामा देश नरहेको बुझाउन मात्र आफूले यो रहश्योद्घाटन गरेको कुरालाई उनले जोड दिएका छन् । जिम्बावेको नयाँ संविधानका लागि जनमत संग्रह तथा संसदीय निर्वाचनका लागि हुन लागेको निर्वाचनमा करिब २० करोड डलर खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम