प्रहरी महानिरीक्षक पनि प्रधानमन्त्री र महान्यायाधिवक्ताकै पक्षमा

१८ माघ २०६९, बिहीबार ०७:४७ मा प्रकाशित

काठमाडौ, १८ माघ । हत्याका आरोपिमाथि अनुसन्धान नगर्न आदेश दिएर चरम विवाद र विरोधको सामना गरिरहेका प्रधानमन्त्री र महान्यायाधिवक्तापछि अब सोही विषयमा विवादको भासमा जाकिने पाले प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको आएको छ । एक साताअघि अञ्चल प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई निर्देशन दिने क्रममा आइजीपी रानाले द्वन्द्वकालका घटनामाथि अनुसन्धान अघि नबढाउन निर्देशन दिएपछि यस्तो सम्भावना व्यक्त गरिएको हो । उनले त्यस्ता  घटना ‘संक्रमणकालीन न्याय संयन्त्रु बाट निरूपण हुने भन्दै मुद्दा अघि नबढाउन निर्देशन दिएका हुन् ।
‘पत्रकार डेकेन्द्रराज थापाको हत्याजस्ता मुद्दामा उजुरी आए, चासो नदिनू, युद्धकालका घटनालाई सम्बोधन गर्न सत्य निरूपण आयोग बन्नेछ वा अन्य संक्रमणकालीन व्यवस्थाबाट सरकारले त्यसको समाधान गर्छ ।ु प्रहरी मुख्यालयको ‘अप्रेसनु हलमा एसएसपीहरूलाई निर्देशन दिँदै उनले यसो भनेको सहभागीमध्यका एक प्रहरी अधिकारीले जानकारी दिए ।  ‘सस्तो लोकप्रियताका लागि संगठनलाई अहित हुने कुनै काम नगर्नू’ भन्ने आदेश रानाले दिएको ती अधिकृतको कथन छ ।
द्वन्द्वकालमा दैलेखमा भएको पत्रकार हत्याको अनुसन्धान अघि बढाएकोमा यसअघि पनि रानाले दैलेख प्रहरीसँग असन्तुष्टि जनाएका समाचार बाहिर आएका थिए । महानिरीक्षक रानाको आदेशविपरीत दैलेख प्रहरीले मुद्दा अघि बढाएपछि प्रधानमन्त्री भट्टराईले आफ्ना प्रमुख कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत पत्र नै लेख्न लगाएर पत्रकार थापाको अनुसन्धान रोक्न र पक्राउ परेका आरोपीलाई मुक्त गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार