
पुरुषोत्तम ढकाल,न्युयोर्क,अमेरिका,१६ चैत। न्युयोर्क शहरको क्वीन्समा बसोबास गर्दै आएकी नेपाली मुलकी महिला दावा लामालाई नवजात शिशु हत्याको अभियोगमा न्युयोर्कको एक अदालतले दोषी ठहर गर्दै १० बर्ष लामो कैद सजायं सुनाएको छ । नेपाली मुलकी लामाले गतबर्ष मे १० तारिखमा न्युयोर्कको एक अस्पतालको सौचालयमा बच्चालाई जन्म दिएर बाथरुमको फोहरदानीमा नवजात शिशुलाई फालेर भागेकी थिइन् । अस्पतालको कर्मचारीले बाथरुमको फोहरदानीमा वच्चा फेला पारेको थियो । लगत्तै उनलाई उनको आफ्नै डेरामा प्रहरीले गिरफ्तार गरेको थियो । बच्चा जन्मेको भोलीपल्ट उपचारको क्रममा बच्चाको निधन भएपछि उनलाई हत्याको अभियोगमा मुद्दा दायर गरिएको र गत सोमवार भएको फैसलामा उनलाई १० वर्षको सजाय तोकिएको थियो । अदालतक अनुसार कैद भुक्तान पछी उनलाई नेपाल फर्काइने । नेपाली मुलकी लामाको आगामी महिनाको अप्रिल १० तारेखदेखि जेल बसाइ शुरु हुनेछ ।
समाचार श्रोतहरुका अनुसार लामाले आफु गर्भवती भएको कुरा आफ्नो परिवार र केटासाथीलाई समेत नभनेको वताइएको छ । पारिवारीक स्रोतका अनुसार, उनीहरुले गर्भवती भएको बारेमा सोधखोज गर्दा मोटाएको हो भनेर ढाँट्ने गरेको थिइन नेपाली मुलकी दावा लामा न्युयोर्कमा व्युटिसियनको रुपमा कार्यरत रहेकी थिइन् । न्युयोर्कको संघिय कानुन अनुसार वच्चा जन्मिएको पाँच दिनसम्ममा नवजात शिशुलाई अस्पताल वा दमकलका कर्मचारीको जिम्मा लगाएर कानुनी रुपमा भने छोड्न सकिने ब्यबस्था रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस
एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता