दश वर्षमा मुलुकले काँचुली फेर्न सक्ने विष्टको कथन

१७ माघ २०६९, बुधबार १९:४७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १७ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले एमाओवादीका कारण मुलुक गम्भीर संकटको दिशाबाट अघि बढेको बताउनुभएको छ । उहा“ले एमाओवादीका कारण मुलुक घुम्तीमा ब्रेक नलागेको गाडीजस्तो भएको बताउनुभयो । दलहरुबीचमा रहेको अन्यौल र निषेधको राजनीतिका कारण बेलैमा सहमति हुन नसकेको बताउँदै बिष्टले सहमतिको दिन चांँडै आउने आश्वासन दिँदै जनतालाई सहमतिको दिन कुर्न आग्रह गर्नुभयो ।
नेपाल बिद्युत प्राधिकरण कर्मचारी युिनयन लुिम्बनी क्षेत्रिय समितिको  आठांै सम्मलेनको उदघाटन गर्दै एमाले नेता बिष्टले दलहरुले निषेधको राजनीति नभइ सहमतिको राजनीति गर्नुपर्ने धारणा राख्नुभयो ।
दलहरुबीचमा बेलैमा सहमति हुन नसके गम्भीर दुर्घटना हुने उहाँको भनाई छ  । सत्तावरिपरिको राजनीति र सत्ताकब्जा गर्ने एमाओवादीको उद्देश्य रहेको भन्दै उहाँले त्यो सम्भब नहुने  उल्लखे गर्दै उहाँले भन्नुभयो– ‘नेपालमा जलश्रोतको बहुउपयोगी तरिकाले प्रयोग हुनु आबश्यक छ ।’
उहाँले मुलुकमा उर्जा संकट समाधानका लागि दीर्घकालीन गुरुयोजनाका साथ नीति आवश्यक रहेकोमा जोड दिनुभयो । विष्टले सरकारको अदुरदर्शी नीति र उर्जासंकट समाधानको स्पष्ट नीति नहुँदा जलश्रोतमा धनी देशका नागरिकअन्धकारमा बस्नुपरेको बताउनुभयो । आफ्नो  कार्यकालमा बर्षौंदेखि सञ्चालन हुन नसकेका र विद्युत क्षेत्रमा भएका चुहावट रोक्न पहल गरेको चर्चा गर्दै काम गर्ने पाए दश बर्षमा नेपालले काँचुली फेर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष रामप्रसाद रिमालले देशभरका २६ हजार सहकारीको पुँजीलाई मात्रै संयन्त्र बनाएर परिचालन गरे उर्जासकंट समाधानका लागि दर्जनौँ हाइड्रोपावर संचालन गर्न सकिने बताउनुभयो । नेकपा एमाले रुपन्देहीका लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराइले विद्युत प्राधिकरणभित्र कमिशन र भ्रष्टाचारको चक्कर मौलाएको बताउनुभयो । यूनियनका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले राज्यले नीति र योजना नबनाइकन उर्जा संकट समाधान गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला सदस्य युवराज घिमिरे, यमलाल पाण्डे, भोजराज खरेल, डासुराम पाण्डे, क्षेत्रीय प्रमुख महेन्द्रराज अधिकारी, रविन्द्र श्रेष्ठलगायत बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट