२६ गतेपछि ‘सर्वसत्तावादको घोडा’ पल्टने दाबी

१७ माघ २०६९, बुधबार १९:३८ मा प्रकाशित

काठमाडौं, १७ माघ । नेकपा एमालेका सचिव शंकर पोखरेलले विपक्षी दलहरुले आगामी २६ गते राजधानीमा आयोजना गर्न लागेको विरोध प्रदर्शन ऐतिहासिक हुने दाबी गरेका छन् । विपक्षीहरुले अहिले आन्दोलनको अभ्यास मात्रै गरेको बताउँदै यसलाई हेरेर विपक्षीलाई कमजोर नआँक्न उनले चेतावनी दिए । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘अहिलेको गतिविधि त आन्दोलनको पूर्व अभ्यासमात्रै हो, वास्तविक रुप त माघ २६ गतेबाट देखिन्छ ।’
२६ गतेको आन्दोलनलाई ब्यवस्थित रुपमा अघि बढाउने जानकारी दिँदै उनले जनआन्दोलन आमहडतालसम्म पुग्ने जानकारी दिए । पोखरेलले चेतावनी दिँदै भने– ‘सर्वसत्ताबादी सरकारभित्रबाटै हामि विद्रोह गराउन क्षमता राख्छौँ । राज्यका अंगलाई नै ठप्प पार्ने ताकत हामि राख्छौँ ।  शान्तिपूर्ण जनआन्दोलनको सीमा जहाँसम्म हुन्छ हामि त्यहाँसम्म पुग्छौँ र सरकारलाई घुँडा टेक्न बाध्य बनाई दिन्छौँ ।’ उनले आन्दोलनले प्रधानमन्त्री र माओवादी अध्यक्षलाई टेक्ने समेत ठाँउ नदिने ठोकुवा गर्दै स्पेश चाहिने भए अहिले नै सहमति आउन सुझाव दिए । आन्दोलनपछि उनीहरुले ठाँउ पनि नपाउन सक्छन्, उनले भने ।
जनप्रतिनिधिमुलक संस्था नहुँदा प्रतिपक्षको ठाँउ नै सडक भएको उल्लेख गर्दै उनले सत्तापक्ष सडक कब्जा गर्न आउनु लाजमर्दो अवस्था भएको बताए । सत्तापक्षले विपक्षीलाई कमजोर बनाउन गरेको सभालाई विपक्षीको लागि झनै ठूलो अवसर भएको भन्दै सचिव पोख्रेलले प्रतिपक्ष विरुद्ध सडकमा जनता उतार्ने काम राजा ज्ञानेन्द्र गरेको कामभन्दा अलिकति पनि फरक नभएको टिप्पणी गरे ।
अहिलेको सरकारको जग नै कमजोर भएकोले जनताले बास्तविक बुझ्ना साथ सरकार ढल्ने दावी गर्दै पोख्रेलले प्रतिपक्ष सरकारलाई सडकबाट जवाफ दिन तयार रहेको बताए ।
जगंबहादुर राणाले  बृटिसको तावेदारी गरेर मुलुकमा सर्वसत्तावादी अधिनायकवाद लादेको उल्लेद गर्दै अहिले जंगबहादुरकै शैलीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छिमेकी र गुप्तचरसँगको साठगाठ गरेर त्यस्तै गर्न खोजेको आरोप लगाए ।
प्रधानमन्त्री मुलुकलाई असफल बनाएर बैदेशिक हस्तक्षेपको आधार तयार पार्दैछन । उनी कसैको स्वार्थ पुर्तिमा लागेका छन् । उनलाई हेक्का हुनु पर्छ अहिलेको युगमा जंगबहादुर यूग लाद्ने सम्भावना छैन । सर्वसत्तावादको घोडाबाट लडाएरै छाड्छौँ, पोख्रेलले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत