मदिराले मात्तिएपछि सिंहनाथ गणका सैनिकद्वारा स्थानीयमाथि कुटपिट

१७ माघ २०६९, बुधबार ०९:२२ मा प्रकाशित

काठमाडौं, १७ माघ । राजधानीको सुन्दरीजलमा रक्सीले मात्तिएका चारजना सैनिकले भट्टीमा रक्सी पिएर पैसा तिर्न आनाकानी गरेपछि भएको विवादले उग्र रुप लिएको छ । सुन्दरीजलस्थित सिंहनाथ गणका सैनिकले मदिरा पिएर गरेको झगडाका क्रममा प्रतिवाद गर्ने स्थानीयवासीले कुटाइ खाएका छन् । झगडा साम्य पार्न गएका प्रहरीले समेत सेनाका जवानबाट कुटाइ खानुपरेको बताइएको छ । कुटपिटबाट प्रहरीसहित डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेको जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्थानीय विमल श्रेष्ठको भट्टी पसलबाट सुरु भएको विवाद र झगडाका प्रत्यक्षदर्शी माधव पराजुलीका अनुसार गणका चारजना जवान सदाभैँm मंगलबार पनि विमलको भट्टी पसलमा रक्सी पिउन पुगेका थिए । पाँच बजे नै भट्टी छिरेका चारै जनाले जानासाथ रक्सी पिउन थाले । सुरुमा राम्रै व्यवहार देखाएपनि रक्सीले मात्दै गएपछि उनीहरुले अश्लील शब्द बोल्न सुरु गरेका थिए । उनीहरूले भट्टी पसल्नीलाई अश्लिल हाउभाउ गर्दै जिस्काएका थिए । त्यसपछि विवाद सुरु भएको र अन्तमा पैसा नतिरि उनीहरु हिँड्न लागेपछि झगडा भएको थियो । भट्टीमा स्थानीयको भिड लाग्न थालेपछि ‘तिमीहरूलाई देखाइदिन्छु’ भन्दै चारजना ब्यारेकभित्र छिरे । केही समयपछि ब्यारेकबाट सेनाको हुल नै निस्किएर  गाउँलेमाथि अन्धाधुन्द कुटपिट सुरु गरेको बताइएको छ । सेना एक्कासी कुटपिटमा उत्रिएपछि स्थानीयवासीबीच ज्यान जोगाउन भागभाग मच्चिएको थियो । ब्यारेकबाट बहिरएका सैनिकले गाउँले कुटपिट गरेपछि रोक्न पुगेका प्रहरीलाई समेत उनीहरूले कुटपिट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट