संवैधानिक परिषदको बैठक आज; सहमति नजुटेकोले नियूक्ती नहुने

१६ चैत्र २०६८, बिहीबार ०१:४७ मा प्रकाशित

काठमाडौ, १६ चैत । रिक्त रहेको संवैधानिक निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न बिहीबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष बाबुराम भट्टराईले आफु प्रधानमन्त्री नियूक्त भएको एक महिना भित्र संवैधानिक निकायमा रिक्त पद नियुक्त गरि सक्ने दावी गरेपनि अहिलेसम्म रिक्त पदमा नियूक्त हुन सकेको छैन।

प्रमुख तीन दलहरु माओवादी, कांग्रेस र एमालेबीच अख्तियार, लोकसेवा आयोग, महालेखा परिक्षक, निर्वाचन आयोगमा अध्यक्ष/प्रमुख आयुक्त तथा सदस्य र आयुक्त नियुक्तिका बिषयमा सहमति नभइसकेको कारण परिषदको बिहीबार बस्ने बैठकबाट नियुक्तिको निर्णय हुने सम्भावना नरहेको श्रोतले बताएको छ ।

सर्बाधिक चासो र चर्चा हुने महत्वपूर्ण संवैधानिक निकाय अख्तियारको प्रमुख आयुक्तमा प्रमुख तीनै दलको दाबी छ र यस बिषयमा राजनीतिक सहमति नभएको कारण पनि बिहिवारको बैठकले कुनै निर्णय लिन नसक्ने श्रोतले बताएको छ ।

अख्तियार प्रमुखमा माओवादी अधक्ष प्रचण्डले पूर्वमुख्यसचिव लोकमानसिंह कार्की, कांग्रेसले पूर्वसचिव बाबुराम आचार्य र एमालेले पूर्वकानुन सचिवद्वय उदयनेपाली श्रेष्ठ नियुक्त हुनुपर्ने अडान राखेको र प्रमुख दलहरुले सहमति नगरिन्जेल नियूक्ती हान नसक्ने श्रोतको दावी छ ।
बाकी रहेको अख्तियारका थप चार आयुक्तका लागि सहमति गर्न प्रमुख तीन दल र मधेसी मोर्चा तयार रहेको र भागबन्डा अनुसार माओवादी लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमी र एमाले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई बनाउने अडानमा रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको