आन्दोलनकारी विपक्षी कार्यकर्तामाथि वाइसीएलको बर्बर आक्रमण, प्रहरी रमिते

१७ माघ २०६९, बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं, १७ माघ । विपक्षी दलहरुले सरकारविरुद्ध आन्दोलन छेडेपछि एमाओवादी नेतृत्वको गठबन्धन सरकार अत्तालिन थालेको आभास भएको छ । आन्दोलनमा उत्रिएका विपक्षी कार्यकर्ताहरुमाथि एमाओवादीले वाइसीएल प्रयोग गरेर आक्रमण गराउन थालेबाट सरकारको कायर मानसिकता प्रकट भएको हो । हिजो मंगलबार एमाओवादीको काभ्रे दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्तामाथि काभ्रेमा वाईसीएलका कार्यकर्ताले बर्बर आक्रमण गरेका थिए ।
भट्टराईको विरोधमा काभ्रेस्थित अरनिको राजमार्ग तीनदोबाटोमा कालोझन्डा लिएर कांग्रेस र एमालेका कार्यकर्ताले शान्तिपूर्ण र्‍याली सुरु गरेलगत्तै उनीहरूमाथि ढुंगा हानेर आक्रमण गरिएको हो । रड, लाठीसहित आक्रमणमा उत्रेका वाईसीएल कार्यकर्तालाई प्रहरीले समेत सघाएको विपक्षी कार्यकर्ताहरुले दाबी गरेका छन् । वाईसीएलले हानेको ढुंगा लागेर कांग्रेस महाधिवेशन प्रतिनिधि कुन्साङ लामा, इन्द्रेश्वर क्याम्पसका स्ववियु सभापति रूपक महत, कांग्रेस जिल्ला सदस्य मधुकर खनाल, एमालेका इन्द्र तामाङलगायत एक दर्जनभन्दा बढी घाइते भएका छन् ।  विपक्षी दलले विरोधको तयारी गरेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र वाईसीएल कार्यकर्ता मंगलबार बिहानैदेखि अरनिको राजमार्गमा बाक्लो संख्यामा उपस्थित थिए । विपक्षी दलको शान्तिपूर्ण र्‍यालीमाथि ढुंगामुढा हुँदा पनि सडकमा खटिएका सुरक्षाकर्मीले नियन्त्रण गर्न कुनै सक्रियता नदेखाएको र उल्टै वाईसीएल कार्यकर्ताको आक्रमणबाट ज्यान जोगाउन विपक्षी दलका स्थानीय नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा मूकदर्शक बनेर हेरिरहेको बताइएको छ । प्रदर्शनअघि नै तीनदोबाटो र टेलिकमअगाडि बसेको सुरक्षाकर्मी टोलीले वाईसीएलका कार्यकर्तालाई लाठी, ढुंगा बोकेर आउँदा रोक्ने सामान्य प्रयाससमेत गरेको थिएन । वाईसीएलले कांग्रेस र एमालेका कार्यकर्तालाई लुकाएको भन्दै बनेपाका केही घरमा समेत ढुंगा हानेका प्रत्यक्षदर्शीको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने