बाबुरामको लागी देश भन्दा हिसिलानै ठुलोः वरिष्ठ नेता नेपाल

१७ माघ २०६९, बुधबार ०२:२५ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १७ माघ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रि डा. वावुराम भट्टराइका लागी सरकार टिकाएर पत्न हिसिला यमिको चित्त वुझाई नै ठुलो भएको वताउनुभएको छ । डा. भट्टराइको सोमवार सञ्चार माध्यममा आएको अभिव्यक्तिले सो कुराको प्रमाणित भएको नेता नेपालले वताउनुभयो । काठमाडौ उपत्यका विकास प्राधिकरणवाट हटाइएका केशव स्थापितलाई आफुले पत्नी हिसिलाकै अनुरोधमा नियुक्त गरेको भन्ने डा. भट्टराइको अभिव्यक्तिले डा. भट्टराइलाई योग्यता र क्षमता भन्दा पनि आफुलाई उपयुक्त जात नै नियुक्तिको प्रमुख आधार भएको प्रमाणित भइसकेको नेता नेपालले वताउनुभयो । प्रधानमन्त्रिले आफुले पत्नी हिसिलाको अनुरोध मान्दै नियुक्ति गरेको भन्नु उनी पत्नीवाट सञ्चालन भएको ठहर भइसकेको पनि नेता नेपालले वताउनुभयो ।  नुवाकोटको क्षेत्र नं. १ स्थित थानसिङ गाविसको छहरेमा नेकपा एमाले नुवाकोटले आयोजना गरेको बृहद आमसभा तथा युवा भेलालाई संबोधन गर्दै एमाले बरिष्ठ नेता नेपालले बर्तमान सरकार ईतिहासकै सबैभन्दा बढी भष्ट्राचारी प्रमाणित भएको बताउँदै आआफ्ना मन्त्रालयमा ब्रम्हलुट मच्चाउन पाईरहेकाले मधेसी मोर्चाले एमाओवादीलाई समर्थन गरिरहेकोसमेत आरोप लगाउनुभयो । बरिष्ठ नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराई कुर्सीका लागि मर्न र कुर्सीमै बसेर आत्महत्या समेत गर्न तयार रहेको बताउनुभयो । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले जे गर्न पनि छुट र अभयदान दिएका कारण प्रधानमन्त्रीले सत्ता छाड्न नचाहेको समेत नेपालले दावी गर्नुभयोे । अर्को एक सन्दर्भमा नेता नेपालले स्वाभीमानी नेतृत्वले आफ्नो निर्णय क्षमताकै भरमा सत्ता संचालन गर्ने बताउदै सत्ताको साँचो बिदेशीसंग रहेको भन्ने प्रधानमन्त्रीको अभिब्यक्तीले उनी बिदेशीको दलालले भएको प्रमाणित गरेको समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा नेता नेपालले एकिकृत माओवादीको जेठमा चुनाव गर्ने कुरा सत्तामा रहिरहने प्रपञ्च मात्र भएको बताउदै सरकारको बिस्थापनका लागि सशक्त जनआन्दोलनको आँधीबेरी सिर्जना गरिने उद्घोष समेत गर्नुभयो । वर्तमान गतिरोधको साँचो एकीकृत नेकपा माओवादीको हातमा भएको र त्यो साँचो भने सत्ता बर्हिगमन भएको स्पष्ट पार्दै नेता नेपालले माओवादीले सरकार नछाडेसम्म कुनै सहमति असम्भव रहेको वताउनुभयो । सहमतिलाई त्यागेर देशमा एकलौटी निर्णय गरिरहेकाले वर्तमान सरकारको बर्हिगमनबिना देशले निकास नपाउने नेता नेपालले दोहोर्याउनु भयो ।  नेता नेपाललेले प्रधानमन्त्रीले सहमति त्यागेर पद र मर्यादाको उल्लंघन गरी राष्ट्रलाई चुनौती दिइरहेका कारण त्यसविरुद्ध कडा आन्दोलन गरिने वताउनुभयो । डा. भट्टराईको पार्टी देशमा लोकतन्त्र र राष्ट्रलाई मजबुत बनाउने होइन, सत्ता र शक्तिमा झुम्मिएको वताउनुभयो ।  सहमति नगरी माओवादीले लोकतन्त्रको भावनालाई अबमूल्यन गरिरहेको स्पष्ट पार्दै नेता नेपालले सहमतिको बाधक माओवादी नै भएको र कुर्सीको लोभले देश अनिर्णयमा पुगेको वताउनुभयो । एमाले नुवाकोटका नेता श्रीकृष्ण खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाई, नागेन्द्र चौधरी, नेकपा एमाले वाग्मति अञ्चल सचिवालय सदस्य राजेन्द्रप्रकाश लोहनी, पुर्व सभासद गोविन्द नेपाली, युवा संघका केन्द्रीय उपाध्यक्ष हिरा केसी, केन्द्रीय सदस्य नारायण वस्नेत, नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, नेकपा एमाले १ नं. क्षेत्रिय अध्यक्ष राजेन्द्ररमण खनाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य अच्युत पाण्डेलगायतले माओवादीको अधिनायकवाद विरुद्ध अव निर्णायक आन्दोलन गरिनु पर्ने वताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री