पूर्वराज्यमन्त्री साहको खुलासा : मधेसमा भ्रष्टाचारीको अभेद्य गठजोड

१६ माघ २०६९, मंगलवार २२:०५ मा प्रकाशित

काठमाडौं, १६ माघ । मधेस क्रान्ति फोरमका अध्यक्ष सञ्जय साहले सिराहादेखि वीरगंजसम्मका मधेसका जिल्लामा भूमिगत समूह, राजनीतिक दल र कर्मचारीहरुको साँठगाँठमा सुनियोजित रुपमा राज्यकोषमा ब्रम्हलुट मच्याईएको दावी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मलेनमा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत रहेका साहले मधेसमा भ्रष्टाचारको कुरा उठाउनेलाई उक्त गठबन्धनले हत्या गर्नसमेत पछि नपर्ने खुलासा गरे ।
मधेसका जिल्लामध्ये जनकपुर भ्रष्टाचारमा सबैभन्दा अग्रस्थानमा रहेको दावी गर्दै विगत १० वर्षमा जनकपुर जिल्ला विकास समितिबाट मात्रै ३० अर्ब रुपैयाँ भ्रष्टाचार भइसकेको उनले बताए । त्यसमा भूमिगत समूह, दलहरु, कर्मचारी, पुलिस र प्रशासकको संलग्नता रहेको ठोकुवा साहले गरे ।
विगतमा भ्रष्टाचारको कुरा उठाउँदा स्थानीय पत्रबार रविन्द्र साह, वाइसीएलका स्थानीय नेता राकेश नेपालीसहित ४ जनाको हत्या भईसकेको जानकारी दिँदै पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका जनकपुर जिविस र नगरपालिकाका कर्मचारी अहिले अनुसन्धानलाई प्रभावित पार्न लागिपरेको आरोप उनले लगाए ।
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका कर्मचारीहरुलाई उन्मुक्ति दिन अख्तियारले षडयन्त्र गरिरहेको भन्दै सञ्चारमाध्यमलाई खवरदारी गर्न आब्हान गरे । उनले अख्तियारको कार्यशैलीप्रति आक्रोस पोख्दै अहिले खुलेआम भ्रष्टाचार हुँदा समेत अख्तियारले कुनै मुद्दा नचलाउनुले अख्तियार आफै भ्रष्टाचारमा संलग्न रहेको हुन सक्ने आशंका ब्यक्त गरे । उनले मधेसमा भ्रष्टाचारकै कारण  अपराध बढेको दाबी समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने