निशाको एउटा सपना अधुरै

१६ माघ २०६९, मंगलवार २१:३८ मा प्रकाशित

काठमाडौं, १७ माघ । नायिका निशा अधिकारी यूवा उडान नामको संस्था खोलेर समाज सेवामा होमिएकी छिन् । नेपालीकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले राहतको लागि उडान भन्ने नारासहितको यूवा उडान नामक संस्था गठन गरिएको उनले जानकारी दिइन् ।
तराईमा शितलहरबाट मानिसको मृत्यू भएको समाचार आएपछि पाँचजना साथीसँगको सहकार्यमा कपडा संकलन गरेर वितरण गरेरपछि समाजसेवाको चाहना बढेको उल्लेख गर्दै ब्यक्तिगत प्रयासलाई संस्थागत गरेर समाजसेवामा होमिएको निशाको कथन छ । उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय र राष्ट्रिय एनजीओ, आइएनजीओबाट कुनै सहयोग नलिई यूवाहरुको समय, शक्ति, साधन र ईच्छाशक्तिको प्रयोगबाट समाजिक सेवा गर्ने स्पष्ट पारिन् ।
निशा र उनको समूहले यसअघि रौतहटको जोगौलिया, देबीपुर माझी र मुसहर टोलमा शितलहर पिडीतकालागी न्यानो लुगा वितरण गरेको थियो । यसपछि उनको संस्थाले सरस्वती पुजाको दिन गरिब विद्यार्थीहरुलाई  कापी कलम वितरण गर्ने योजना समेत बनाएको जानकारी दिएकी छिन् । राजनीतिमा जाने आफ्नो कुनै सोच नरहेको तर सगरमाथा चढ्ने सपना भने अधुरै रहेको भन्दै उनले दुखेसो पनि गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार