एमालेले घरदैलो डुलेर बाबुराम सरकारको भण्डाफोर गर्ने

१६ माघ २०६९, मंगलवार २१:१२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ बुटवल, १६ माघ । नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं. ४ रुपन्देहीले भट्टराई सरकारविरुद्ध भण्डाफोर र घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्षेत्रीय कमिटीका अध्यक्ष चित्रबहादुर के.सी.को अध्यक्षता र एमाले अञ्चल समन्वय कमिटीका सचिव खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा पि.एल.भवन बुटवलमा मंगलबार सम्पन्न पूर्ण बैठकले यो निर्णय गरेको हो । एमाले जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, अञ्चल संगठन विभाग प्रमुख लिला गिरी एवं राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु, जिल्ला कमिटीका सचिवालय तथा कमिटी सदस्यहरु लगायतको उपस्थितिमा सम्पन्न बैठकले जनतासँग नेकपा एमाले विशेष जनपरिचालनको लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । राजनैतिक, कानुनी, संवैधानिक रुपमा अवैधानिक भट्टराई सरकारको विरुद्ध ब्यापक भण्डाफोर तथा युवा संघ नेपालको बुटवलमा हुने आठौं राष्ट्रिय महाधिवेशनमा विशेष जनसहभागिता जुटाउन यही फागुन १–९ सम्म क्षेत्रीय कमिटी अन्तर्गत सबै शाखामा एकैसाथ घरदैलो कार्यक्रम सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, हालै सम्पन्न साताँ जिल्ला अधिवेशनबाट निर्वाचित भई यस क्षेत्रको प्रतिनिधि प्रमुखको रुपमा आउनुभएका गोपाल राना र उप–प्रमुखको रुपमा आउनुभएका चित्रबहादुर के.सी.लाई फुलमाला र खादाले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत बैठकले ब्यक्त गरेको छ । साथै क्षेत्रीय कमिटीका अध्यक्ष चित्रबहादुर के.सी. जिल्ला कमिटीमा निर्वाचित हुनुभएकोमा उक्त पदमा कमिटीका उपाध्यक्ष भिमबहादुर श्रेष्ठलाई पदभार समेत गरेको उप–सचिव तथा प्रचार विभाग प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रीय कमिटीअन्तर्गत विभिन्न शाखाहरुबाट प्रकृया पुरयाई आएका ब्यक्तिहरुलाई संगठित तथा पार्टी सदस्यता प्रदान गर्ने, २०६९ सालको संगठित पार्टी सदस्य नविकरण कार्य २०६९ फागुन १ गते सुरु गरी फागुन २० गतेभित्र नविकरण सम्पन्न गर्ने लगायतका निर्णयहरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको