आमरण अनसनमा बसेका चलचित्रकर्मीलाई ओलीको आश्वासन

१६ माघ २०६९, मंगलवार १८:२५ मा प्रकाशित

काठमाडौं, १६ माघ । चलचित्र क्षेत्रमा योगदान दिएको ब्यक्तिलाई चलचित्र बोर्डको नेतृत्व दिनुपर्ने माग गर्दै मंगलबारबाट चलचित्रकर्मीहरुले आमरण अनसन सुरु गरेका छन् । आन्दोलनकार चलचित्रकर्मीहरुलाई भेट्दै नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले बाबुरामको सरकार छिट्टै ढल्ने दावी गर्दै चलचित्रकर्मीहरुले अब धेरै दिन आन्दोलन गर्नु नपर्ने भन्दै सान्त्वना दिएका छन् ।
आमरणस्थलमा आयोजित कार्यक्रममा ओलीले चलचित्रकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दलहरुले पनि चलचित्र कर्मीको आन्दोलनको ऐजण्डालाई आफ्नो ऐजेण्डा बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने– ‘बाबुराम भट्टराई नेतृत्वको सरकार अब छिट्टै जाँदैछ । तपाईहरुले धेरै दिन आन्दोलन गर्नु पर्दैन ।’ उनले चलचित्र क्षेत्रको विकासको लागि बोर्डमा ब्यवसायिक मान्छे नै आउनु पर्ने भन्दै आन्दोलनलाई निश्कर्षमा नपुर्याई नछाड्न सुझाव दिए ।
चलचित्रकर्मीहरु गत पुष २ गते देखि नौ बुँदे माग राख्दै निरन्तर आन्दोलनमा रहेका छन् ।
उनीहरुलेचलचित्र क्षेत्रको ब्यक्तित्वको नेतृत्वमा विकास बोर्ड गठन हुनु पर्ने, बक्स अफिसको व्यवस्था लगायतका माग राखी आन्दोलत गरिरहेका छन् ।
पछिल्लो समयमा सरकारले मैथिल तथा भोजपुरी चलचित्रका निर्माता धर्मेन्द्र मरवैता पप्पुलाई बोर्डको नेतृत्वमा नियुक्त गरेको थियो । पप्पु मुलधारका चलचित्रसंग जोडिएको व्यक्ति नभएको भन्दै चलचित्रकर्मीहरुले उनलाई सार्वजनिक बहिस्कार गर्ने घोषणा गरिसकेका छन् । त्यस्तै आईतबार देखि देशभरका चलचित्र हल, चलचित्र सुटिङ, पोष्ट प्रोडक्सन लगायतका काम रोकेका छन् । मंगलबारबाट सुरु भएको आमरण अनसनमा मुकेश ढकाल, विमल पौडेल, हेमन्त बुढाथोकी, अग्रज केसी, निला बस्नेत, अनन्त तिम्सिना र सूर्य रेग्मी सहभागि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र