बैशाखमा निर्वाचन नहुने पक्का

१६ माघ २०६९, मंगलवार १८:०८ मा प्रकाशित

काठमाडौं, १६ माघ । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलको अकर्मण्यताको कारणले समयमा चुनाब हुन नसक्ने आरोप लगाएका छन् । जनकपुरमा मंगलबार आयोजित साक्षात्कारमा उनले सरकारले जेष्ठमा संविधानसभाको निर्वाचन घोषणा गरे पनि बिपक्षीहरुले निर्वाचन नचाहेको कारण बैशाखमा निर्वाचनको सम्भावना टरेको बताए ।
शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री रायमाझीले संविधानसभाको चुनाव कुनै पनि हालतमा हुनुपर्ने भन्दै विघटित संविधानसभाले संविधानको ९५ प्रतिसत काम गरिसकेकोले अब त्यसको स्वामित्व ग्रहण गरेर निर्वाचनमा जानुपर्ने तर्क गरे ।
उनले आफ्नो पार्टी संविधानसभा निर्वाचनको लागि प्रतिवद्ध रहेको बताउँदै संविधानसभाबाटै पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण हुनु पर्ने सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा