कतारमा प्रियंका–आर्यन मस्ती

१६ माघ २०६९, मंगलवार ०६:०९ मा प्रकाशित

दोहा । सेक्सी र ग्ल्यामरस फोटो खिचाउन पनि अब नेपाली कलाकारलाई विदेशमै पुग्नुपर्ने भएछ। नायिका झरना थापाले सेक्सी लुक्सको फोटो अष्ट्रेलिया पुगेर खिचाएकी थिइन् भने गायिका अञ्जु पन्तले पनि विदेशमै पुगेर समुद्री किनारामा ग्ल्यामरस फोटो खिचाइन् । यही मेसोमा थपिएका छन्, ”कलिउड” सिनेमाको प्रमोसनका लागि कतार पुगेका प्रियंका कार्की र आर्यन सिग्देल। उनीहरूले समुद्री किनारमा रमाइलो मूडमा उत्तेजक फोटो खिचाएका छन् । सिलाइन पोर्टमा खिचाइएको तस्वीरमा आर्यनले प्रियंकालाई बोकेर समुद्री किनारमा नचाएको देखिन्छ। उक्त समुद्री किनारमा दुई घण्टा फोटो सेसन गरिएको प्रियंकाले बताइन्। ”निकै रमाइलो भयो” उनले अनुभव सुनाइन्। त्यहाँ खिचिएको केही फोटो प्रियंकाले फेसबुकमा समेत राखेकी छिन्। फोटो देखेर कतिपयले आर्यन र प्रियंकाका बीचको सम्बन्धबारेमा समेत शंका गरेका छन्। यसबारेमा प्रियंकाले भनिन्, ”विचरा, हामीबीचमा त्यस्तो कुनै सम्बन्ध छैन ।” भन्दै कतारबाटै निस्किने एक नेपाली साप्ताहिकका लागि फोटो सुट गरिएको जानकारी उनले दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ ।दुर्घटनामा परेर

काठमाडौं । सरकारले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका नाममा आर्थिक सहयोग उठाएमा दुई लाखसम्म जरिवाना गर्ने चेतावनी दिएपछि अहिले व्यक्तिगत रूपमा आर्थिक

काठमाडौं । रेश्मा बमजन र प्रदिप ग्लानको ‘मेरो एउटै चाहना’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ । रेश्मा र

काठमाडौं । नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकार प्रेममा छन् । गतबर्ष एक अवार्ड शोमा एकसाथ पुगेपछि उनीहरु प्रेममा

आजको प्रमुख समाचार