एनआरएन अमेरिकाले ऐतिहासिक सम्मेलन गर्ने

१६ माघ २०६९, मंगलवार ०२:३९ मा प्रकाशित

विजय थापा, अमेरिका । एन आर एन अमेरिकाले लस एन्जेलसमा एक दिवसीय बार्षिक अधिवेसन गर्ने भएको छ। एनआरएन, एनसीसी, अमेरिका (गैआस, रासस) ले एक दिवसीय बार्षिक अधिवेसन यहि आउँदो मई २५, २०१३, शनिबार अर्थात् स्मरणात्मक दिवस (मेमोरियल डे) का दिन अमेरिका कै सर्बाधिक दोश्रो लोकप्रिय शहर क्यालिफोर्निया राज्यको लस एन्जेलसमा भब्यताको साथ मनाउने निर्णय गरेको छ । एन आर एन, एन सी सी, अमेरिका (गै आ स, रा स स) को ईतिहास संयक्त राज्य अमेरिकामा पुरानो नभएता पनि बिगतमा यो संस्था चिर निन्द्रामा सुतेको हो कि जस्तो भान समुदायले ठहर गरेता पनि समयको कालचक्रसंगै नयाँ नेतृत्वको नविनतम सोच र महत्वाकांक्षी तार्किक लक्ष्यलाई बोकेर हिडेको एन आर एन अमेरिका छोटो समयमा नै विश्व भर आफ्ना कार्यक्रमहरु मार्फत सकारात्मक संदेस दिन केहि हद सम्म सफल भएको छ ।

यो ऐतिहासिक अधिवेसनले अमेरिका भर यत्र तत्र छरिएर रहेका सैयौं संघ तथा संस्थाहरुलाई एकतृत गर्दै ऐक्यबद्दताको आवाज घन्काउने र सम्पूर्णलाई आफनो पनको महसुस गराउदै गोलबद्ध बनाउने उदेश्य रहेको जानकारी अध्क्षय प्रल्हाद केसीले जानकारी दिए । एन आर एन ,एन सी सी, अमेरिका (गै आ स, रा स स) महिलाहरुका तमाम विषयका सम्पूर्ण मुद्दाहरुमा बिशेष प्राथमिकता दिने र उच्च सद्भाव साथ हातेमालो गर्दे सहयात्री हुने अध्क्षय केसीले अभिव्यक्ति दिए ।

मूल लक्ष्य नै संघ तथा संगठनहरुलाई सहभागी गराउने र छाता संगठनको रुपमा एन आर एन, अमेरिकालाई संयुक्त राज्य अमेरिकामा स्थापित गर्दै मातृ भूमिको सेवा र एक आपस बीच भाईचाराको सम्बन्ध स्थापित गर्दै जाने सोच रहेको छ भनि अध्क्षयले सूचना दिए । सबै संगठनहरुका ध्वजाहरुलाई उच्च स्थान दिदै सम्मेलनमा ध्वजा फर फराउने गरी स्थान दिने र राष्ट्रिय हित र सवालमा सबै एक ढिक्का समेत हुने लक्ष्य एन आर एन, अमेरिकाले लिएको छ भनि बिशेष जोड केसीले पोखे । सम्मेलनको मूल नारा नै “मिटिंग अफ माइन्ड” अर्थात् अभिप्रायको सम्मेलनु राखिएको छ भन्दै आफु संस्थालाई अझ प्रभावकारी र चुस्त बनाउन आफु नेपालको भ्रमण गरेको भन्दै निरन्तर एन आर ए अमेरिकाले सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र सम्पर्क गर्ने लक्ष्य राखिएको छ भन्दै सबैलाई यो महान भेलामा सहभागी हुन आब्हान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

आजको प्रमुख समाचार