अमेरिकामा भानुभक्तको शालिक निर्माण गर्ने घोषणा

१६ माघ २०६९, मंगलवार ०२:३६ मा प्रकाशित

वाशिंगटन डि. सी. । अमेरिकाको राजधानी वाशिंगटन डि. सी. मेट्रोमा नेपालका आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गर्ने घोषणा गरिएको छ। अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष वरिस्ट साहित्यकार होमनाथ सुबेदीले हिजो भर्जिनियामा आयोजित एक कार्यक्रममा उक्त घोषणा गर्नुभएको हो ।

भर्जिनियाको अर्लिंगटन सेन्ट्रल लाईब्रेरीको अडीटोरियम हलमा आइतबार भानु बर्ष २०१३ तथा शीतकालीन कवि गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । भानु बर्ष २०१३ को ब्यानर उपकुलपति गंगा प्रसाद उप्रेती र उपनियोग प्रमुख अर्जुन कान्त मैनाली २ जनाले अनावरण गरेर उद्घाटन गर्नुभयो । कार्यक्रम अनेसास डिसी च्याप्टर र बिओटीको सयुक्त आयोजनामा भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा गंगा प्रसाद उप्रेतीलार्इ सम्मान गरिएको सो कार्यक्रममा शीतकालीन नेपालका अग्रज साहित्यकारहरु लेखनाथ पौडेल, हृदय चन्द्र सिंह प्रधान, केशवराज पिंडाली, भूपी शेरचन, बालकृष्ण सम तथा पारसमणि प्रधानको परिचय गोपाल रेग्मी, सिता पाण्डे र प्रेम संग्रौलाले दिनु भएको थियो । साथै उपकुलपति उप्रेतीको परिचय बासु श्रेष्ठले दिनु भएको थियो ।

भानु बर्ष २०१३ को आवश्यकता र महिमाको बारेमा बोल्दै आफ्नो मन्तव्यको प्रिन्टआउट वितरण गर्दै अनेसासले यो वर्ष भानुको सालिक डिसीमा बनाउने कुरा बि ओ टी को चेयर होमनाथ सुबेदीले राख्नुभएको थियो यो प्रस्ताबको सीता पाण्डे, गंगा प्रसाद उप्रेती, र अर्जुन कान्त मैनालीले मुक्तकण्ठले स्वागत गर्दै आबश्यक सहयोग गर्ने वचन पनि दिनुभयो र भानु बर्ष २०१३ को सफलताको कामना गर्नु भएको थियो ।

आदिकवि भानुभक्तको शालिक निर्माण गर्न वाशिंगटन डि. सी. स्थित नेपाली दुतावासले भरपुर सहयोग गर्ने ऊपनियोग प्रमुख अर्जुनकान्त मैनालीले बचन दिनुभयो । यस क्षेत्रमा रहनु भएका विशिस्ट कवि तथा कवियित्रीहरुको उपस्थिति रहेको थियो । आफ्ना कविता पदने कविहरुमास् गोपाल रेग्मी, बासु श्रेष्ठ, प्रेम संग्रौला, सिता पाण्डे, शरद निरौला, सुदिप भद्र खनाल, रजनी श्रेष्ठ, सुभद्रा पराजुली, हरि घिमिरे, कविन्द्र सितौला, शारदा खाती, दिपा अधिकारी, रजनी श्रेष्ठ, पुरुषोत्तम ढकाल, सगरमाथा आरोही जुनिता सुब्बा हुनुहुन्थ्यो भने बाल कविहरुमा अनुषा सुबेदी, तेजस्वी पाण्डे, सुलेखा भण्डारी तथा श्रेया पराजुली थिए र बाल कविहरु सबैलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

अनेसासका संस्थापक सदस्य डिग बहादुर तामांगले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रम अनेसास डि. सी. मेट्रो च्याप्टरका अध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल राजदुतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनालीज्युको प्रमुख आतिथ्य थियो । नयाँ ठाउँमा पहिलोपटक कार्यक्रम संचालन गर्नुपर्दा नचिनेको कारणले उपस्थित लब्धप्रतिस्थित ब्यक्तीहरूलाई परिचय गराऊन छुटेपनी पत्रकार पुरुषोत्तम ढकालले कार्यक्रम संचालन गरेको शैली राम्रो थियो ।

अन्तमा, अन्तर्रराष्ट्रिय नेपाली साहित्य समाज, वाशिंगटन डीय सीय मेट्रो च्याप्टरको नयाँ कार्यसमिती निर्वाचनको लागी अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि. सी.का पूर्व अध्यक्ष खेम भट्टचनको अध्यक्षतामा माओबादी अध्यक्ष प्रचण्डलाई कृषी क्याम्पस, चितवनमा पढाएका प्रोफेसर डा. गोपी उप्रेती र हार्भार्ड बिश्वविद्यालय पिएचडीडा बिबेक पाण्डे सहितको सदस्सीय निर्वाचन समिति गठन भएको अध्यक्ष प्रकाश नेपालले घोषणा गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।