प्रहरीद्वारा विभिन्न अपराधमा संलग्न सत्र अभियुक्त सार्वजनिक

१५ माघ २०६९, सोमबार २१:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ बुटवल, १५ माघ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न घटनामा पक्राउ परेका १७ जना अभियुक्तलाई सोमबार सार्वजनिक गरेको छ । चोरी, मानव बेचबिखन तथा ओसारपसार, बोक्सी, ठगी र जवर्जस्ती करणीको अभियोगमा ती अभियुक्तहरु पक्राउ परेका हुन् । प्रहरीले बालिका अपहरण गरी बन्धक बनाएको अभियोगमा तीनजनालाई पक्राउपछि सार्वजनिक गरेको छ । १४ वर्षिया बालिकालाई प्रहरीले चार दिनपछि शनिबार उद्दार गरेको थियो । पक्राउ पर्नेमा बुटवल–११ बस्ने गोपाल अधिकाी, उनकी श्रीमती पद्मा अधिकारी र छोरी वर्षा अधिकारी रहेका छन् ।
निजहरुले १४ वर्षिया बालिकालाई ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले देवदह–७ खैरेनीमा लगी घरमा राखेको अवस्थामा प्रहरीले शनिबार उद्दार गरेको थियो । उद्दार गरिएकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । त्यसैगरी प्रहरीले चोरीको अभियोगमा बुटवल–६ बस्ने गणेश केसी र पोदरा उपमहानगरपालिका–८ का रोहित शर्मालाई बुटवल–९ दीपनगरकी सरस्वती पछाईको घरबाट ५ लाख २० हजार बराबरको धनमाल चोरी गरेको अभियोग लगाएको छ ।
त्यसैगरी बोक्सीको आरोप लगाई गालीगलौज गरेको अभियोगमा विभिन्न आठ अभियुक्तहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही मोतिपुर–३ की मिना कठरिया, सोही ठाउँकी बिन्देश्वरी कठरिया, शोभा कठरिया, लक्ष्मीकुमारी थारु, आशा थारु, अश्रानी कठरिया, जितबहादुर कुंवर र रोहित कठरिया रहेका छन् ।
त्यस्तै प्रहरीले ठगी गरेको अभियोगमा पाल्पा देउराली–४ का ७६ वर्षिय रामबहादुर खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी सामूहिक जवर्जस्ती करणीको अभियोगमा बुटवल–९ का भिमबहादुर सुनार, रमेश थापा र स्याङ्जा वालिङ १ बस्ने हरि पाठकलाई पक्राउ गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

((

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत