शान्तिसेनामा हालसम्म ९४ हजार सैनिक सहभागी

१५ माघ २०६९, सोमबार १९:०० मा प्रकाशित

काठमाडौं, १५ माघ । प्रधानसेनापति गौरव शम्शेर जवराले विगत ५४ वर्ष भन्दा बढी समयदेखि शान्ति स्थापनामा योगदान पु¥याउंदै आएको नेपाली सेनाले हालसम्म ९४ हजार सैनिक ३९ वटा मिशनहरूमा पठाइसकेको र हाल ११ वटा विभिन्न मिशनहरूमा ३ हजार ७ सय ३८ शान्तिसैनिकहरू कार्यरत रहेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेवनानमा तैनाथ हुन जाने रणबम गण (शा.से.) ५३ औं डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको तालिम निरीक्षणका क्रममा प्रधानसेनापति जबराले नेपाली सेना स्वदेशमा मात्र नभई विदेशमा समेत आफ्नो पेशागत दक्षताको लागि परिचित रहेको शान्तिसेनामा यसबाट भएका योगदानहरूबाट प्रमाणित भएको स्मरण गर्नुभयो ।
उक्त अवसरमा प्रधानसेनापति राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा. रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो भने कार्यक्रममा रक्षासचिव तिलकराम शर्मालगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति  थियो ।
श्री रणबम गण (शा.से.) ५३ औं डफ्फाको नेतृत्व प्रमुख सेनानी श्री नवराज गुरुङ्गले गर्नु भएको छ । श्री रणबम गण (शा.से.) ५३ औं डफ्फा फाल्गुनको चौथो हप्ता लेवनान प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा