तस्करीमा महलिा सक्रियता, बन्यजन्तुका अङ्ग र चरेससहित तस्करहरु पक्राउ

१५ माघ २०६९, सोमबार १७:०५ मा प्रकाशित

काठमाडौं, १५ माघ । दुर्लभ बन्यन्तुको हत्या गरी छाला, हाड, सिङ्ग, पित्त लगाएतका अङ्ग प्रत्यङ्गहरुको ओसारपसार एवं बिक्री बितरण गर्ने दुई जनालाई प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित पक्राउ गरेको छ । काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरुको समुहले त्यस्तो अवैध काम गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौँ जिल्ला धर्मस्थली–२ बस्ने काभ्रे जिल्ला घर भएकी ३५ वर्षीया अमृता महर्जन र १७ बर्षीय विवेक लामा रहेका छन् । उनीहरुलाई धर्मस्थली–२ मा रेड पाण्डाको छाला बिक्री गर्ने उद्देश्ले बोरामा राखी हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले रेड पाण्डाको छाला १ सहित पक्राउ गरेको थियो ।
यसैगरी,     काठमाडौं नारायणस्थान बुढानिलकण्ठ डेरा गरी कफी पसल व्यवसाय गर्दै आएकी मकवानपुर जिल्ला बसामडी गाविस–५ बसामडी घर भएकी ३४ वर्षीया बीना लामालाई अवैध लागूऔषध चरेस ६ किलोसहित प्रहरीले पक्राउ गरेको छ । लामाले चलाई ल्याएको बा.५२ प. २१२२ नम्वरको स्कुटरको डिक्कीभित्र लुकाई राखेको अवस्थामा अवैध लागूऔषध चरेस ६ किलोसहित काठमाडौं जिल्ला महाँकाल गाविस–९ गोल्फुटारबाट लागू औषध नियन्त्रण ब्यूरो नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार