संविधानसभाको म्याद थप्ने प्रयास असफल

१५ चैत्र २०६८, बुधबार १९:१७ मा प्रकाशित

काठमाडौ, १५ चैत । सर्वोच्च अदालतले प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङले फैसला पुनरावलोकनको  लागि दिइएको निवदेनमा गरिएको दरपीठ सही भएको ठहर गरेको छ । सर्वोच्चको निर्णयसंगै संविधानसभको म्याद थप्ने कानुनी बाटो बन्द भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कमलनारायण दासको एकल इजलाशले बुधबार पुनरावलोकन निवदेनमाथि गरेको दरपीठलाई सदर गरेको हो । प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवासचन्द्र नेम्वाङले दरपीठ विरुद्ध निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले मसिंर ९ गते संविधानसभाको म्याद पुनः थप्न नपाइने फैसला दिएको गरेको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मी सहित सर्वोच्चका पाँच न्यायाधीशको विशेष इजलाशले जेठ १४ भित्र संविधान बने पनि नबनेपनि जेठ १५ बाट संविधानसभाको म्याद सकिने फैसला सुनाएको थियो । सर्वोच्चले यसअघिनै निर्धारित मितिमा संविधान नबने जनमत संग्रहमा जान सकिने निर्णय दिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल